खरानी (Ash) पनि जैबिक बिषादी? यसरी प्रयोग गर्नुहोस

  • भदौ २५, २०८१
  • ६४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान भदौ २५ ।  खरानी क्षारिय बस्तु भैकन धूलो भएको र प्रशस्त पानी सोस्ने गुण भएकोले बाली बिरुवाका रोग कीरा नियन्त्रणमा यो निकै प्रभावकारी छ । यसले भण्डारणमा लाग्ने कीराहरू र बिरुवाको फेद कुहिने रोग, झुसिलकीरा, लाही इत्यादिमा सम्पर्क विषको काम गर्दछ । खरानीले खपटे, फटयाङ्ग्रा, पतेरो आदिलाई बिकर्षण गर्दछ । प्रयोग विधि: मकै बीउ भण्डारणमा खरानीको प्रयोग मकैको भण्डारण गर्दा ५ किलोग्राम खरानी प्रति क्विण्टल अनाजमा मिसाई राख्नाले अनाजलाई ९ महिना सम्म घुनबाट सुरक्षित राख्न सकिन्छ । घरमा आगो बाल्दा निस्केको खरानीको प्रयोगले मकैमा लाग्ने घुन, पुत्लाबाट अनाजलाई करिब ६ महिना सम्म बचाउन सकिन्छ तर भण्डारण गर्ने मकैमा चिस्यानको मात्रा भने १२-१३ प्रतिशत भन्दा कम हुन जरुरी छ! सफा खरानी बिहान बिरुवामा छर्नाले लाही, खुर्सानीको पुतली, काक्रा, फर्सीको खपटे, पात खन्ने कीरा हराउदछ । माटोमा छर्नाले फेद काट्ने र औंसा नियन्त्रण हुन्छ । चिप्ले कीरा, शखें कीरा पनि शरिरमा खरानीको धुलो टाँसिएर घस्रन सक्दैनन्। मसिनो गरी पिधेंको च्यूरीको पिनाको १ भागमा खरानी २ भाग मिसाई १५ भाग पानी घोलेर तरकारी ब्याडमा सिंचाई गरेमा धमिरा र कमिलाको प्रकोप कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१