Siraha Times
ताजा समाचार

सशस्त्र प्रहरीको सूचनामा १६ लाख बराबरको अबैध सामान बरामद

  • असोज २०, २०८२
  • ८२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, असोज २० । सशस्त्र प्रहरी बल नेपालले ठूलो मात्रामा अबैध कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी गुल्म कृष्णनगरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तुला बहादुर चौधरीको नेतृत्वमा खटिएको टोलीले राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीसँगको सहकार्यमा शिवराज नगरपालिका–५ कटनियामा छापा मार्दा २३ बोरा (कट्टा) अबैध कपडा फेला पारेको हो। बरामद गरिएको कपडाको मूल्य अन्दाजी १६ लाख रुपैयाँ रहेको बताइएको छ।

स्थानीयको घरमा गोप्य रूपमा भण्डारण गरी राखिएको अवस्थामा उक्त कपडा बरामद गरिएको हो। बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस क्रममा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत तथा उपवचित सुवास श्रेष्ठसहितको टोली पनि खटिएको थियो। त्यस्तै, सशस्त्र प्रहरी बल राजश्व सुरक्षा बेस बुटवलका सुरक्षाकर्मीको पनि सक्रिय सहभागिता रहेको थियो।

सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्र हुँदै भित्र्याइने अबैध कारोबारलाई नियन्त्रण गर्न निरन्तर अभियान सञ्चालन गर्दै आएको छ। प्रहरीका अनुसार कपडा बाहेक अन्य अबैध सामानहरूको निगरानी पनि कडाइका साथ गरिँदै आएको छ।

बरामद गरिएको कपडासम्बन्धी थप अनुसन्धान भईरहेको र संलग्न व्यक्तिहरूको पहिचान तथा कानूनी प्रक्रिया अघि बढाइने राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१