ताजा समाचार

कतारमा मधेश प्रदेश समन्वय परिषद्को चाडपर्व शुभकामना कार्यक्रम सम्पन्न

  • कार्तिक २, २०८३
  • १२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र सामाजिक एकताको उच्च नमुना प्रस्तुत गरेका छन्। मधेश प्रदेश समन्वय परिषद् कतारको प्रमुख आयोजना तथा मधेश प्रदेशका करिब दुई दर्जन सामाजिक संस्थाहरूको सह-आयोजनामा बडादसैँ, दीपावली तथा पावन छठ पर्वको सुखद अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कतारस्थित ग्रान्ड मलमा रहेको लालीगुराँस रेस्टुरेन्टको सभा हलमा आयोजित उक्त कार्यक्रमले विभिन्न धर्म, जातजाति, भाषा र संस्कृतिका नेपालीहरूलाई एउटै मञ्चमा जोड्दै राष्ट्रिय मेलमिलाप र सहिष्णुताको बलियो सन्देश दिएको छ। कार्यक्रमका वक्ताहरूले परिषद्का अध्यक्ष मुस्लिम धर्मावलम्बी (कलाम हुसेन खान) र महासचिव हिन्दु धर्मावलम्बी (इसिलाल पण्डित) रहेको प्रसङ्ग उल्लेख गर्दै फरक आस्था र समुदाय भए पनि एक-अर्काको संस्कृति र चाडपर्वलाई उत्तिकै सम्मान गर्ने परम्परा उदाहरणीय रहेको बताए।

​कार्यक्रमका प्रमुख अतिथि एवम् गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीले मधेश प्रदेश समन्वय परिषद्ले देखाएको यो सहकार्य र धार्मिक सहिष्णुता नेपालका राजनीतिक दल तथा सामाजिक संस्थाहरूका लागि समेत अनुकरणीय रहेको उल्लेख गर्नुभयो। पन्थीले भन्नुभयो, "धर्म र विचार फरक हुन सक्छन्, तर मानवता र राष्ट्रिय एकता सधैँ पहिलो प्राथमिकता हुनुपर्छ। तराई, मधेश, पहाड र हिमालका सम्पूर्ण नेपालीलाई समेटेर एनआरएनएलाई अझ सुदृढ बनाउन हामी प्रतिबद्ध छौँ।" साथै, उहाँले कतारमा समस्यामा परेका श्रमिकहरूको हकहितका लागि सामूहिक पहल आवश्यक रहेको बताउँदै आउँदो डिसेम्बर ११ र १२ मा हुने मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई श्रमिकका समस्या समाधानको महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा तराई तथा मधेशका मौलिक भाषा, कला र संस्कृतिमा आधारित विभिन्न सांगीतिक तथा सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो। कलाकारहरूको बेजोड प्रस्तुतिले हलमा उपस्थित सयौँ नेपालीहरूलाई मन्त्रमुग्ध बनाएको थियो। ​सोही अवसरमा कतारमा क्रियाशील स्थानीय नेपाली पत्रकारहरूका साथै नेपालबाट व्यक्तिगत भ्रमणका क्रममा कतार पुग्नुभएका पत्रकारद्वय दिवस घिमिरे र अर्जुन भुसाललाई मायाको चिनोसहित विशेष सम्मान गरिएको थियो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष एवम् परिषद्का अध्यक्ष कलाम हुसेन खानले दुई दर्जन संस्थाहरूको अभूतपूर्व सहयोग र सहकार्यले नै कार्यक्रम सफल भएको बताउनुभयो। मधेश प्रदेश समन्वय परिषद् सबै नेपालीको साझा थलो भएको उल्लेख गर्दै उहाँले भविष्यमा पनि यसरी नै आपसी सद्भाव र एकतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।परिषद्का वरिष्ठ उपाध्यक्ष दुर्गानन्द पासवानको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको औपचारिक सञ्चालन महासचिव इसिलाल पण्डितले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤