ताजा समाचार

लहान प्रादेशिक अस्पतालको सेवा व्यवस्थापनमाथि प्रश्न : बिरामीले घण्टौँ लाइन बस्दा पनि सहज उपचार पाउन कठिन, सुधारको माग

  • मंसिर १४, २०८३
  • ९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान, १३ मंसिर । सिरहाको लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको स्वास्थ्य सेवा प्रवाह, चिकित्सकको व्यवहार तथा प्रशासनिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाइएको छ। सामान्य उपचारका लागि अस्पताल पुग्ने सर्वसाधारणले समेत विभिन्न किसिमका सास्ती भोग्नुपरेको भन्दै सेवा प्रवाहमा सुधार गर्न माग गरिएको छ। स्रोत शिक्षक कृष्ण बन्धु यादवले अस्पतालको वर्तमान अवस्था, बिरामीले भोग्नुपरेका समस्या र चिकित्सक तथा कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक चासोको विषय उठाएका छन्।

उनका अनुसार अस्पतालमा कहिले ट्रमा सेन्टर स्थापना गर्ने त कहिले अन्य ठूला स्वास्थ्य सेवा विस्तार गर्ने विषय चर्चामा आउने गरे पनि सामान्य बिरामीले सहज र प्रभावकारी स्वास्थ्य सेवा पाउन नसक्नु विडम्बनापूर्ण अवस्था हो। मन्त्री, सांसद तथा अन्य विशिष्ट व्यक्तिहरू अस्पताल पुग्दा स्वागत र प्रचारप्रसारमा सक्रिय हुनेहरूलाई सर्वसाधारणले दैनिक रूपमा भोगिरहेका समस्याबारे पनि ध्यान दिन उनले आग्रह गरेका छन्।

1. नमुना संकलनपछि समयमै रिपोर्ट: प्रयोगशालामा नमुना संकलन गरिसकेपछि परीक्षणमा लाग्ने वास्तविक समयअनुसार रिपोर्ट उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने।

2. व्यवस्थित टोकन प्रणाली: बिरामीलाई अनावश्यक रूपमा घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न टोकन प्रणाली लागू गरी पालोअनुसार सेवा दिने व्यवस्था गर्नुपर्ने।

3. सबै बिरामीलाई उपचारको सुनिश्चितता: अस्पताल आएका प्रत्येक बिरामीले चिकित्सकबाट आवश्यक जाँच तथा उपचार पाउने व्यवस्था गर्नुपर्ने। चिकित्सकको उपलब्धता र कार्यसमयलाई बिरामीको चापअनुसार व्यवस्थित गर्नुपर्ने। अन्त्यमा यादवले बिरामी रहरले नभई उपचार र स्वास्थ्य लाभको आशा बोकेर अस्पताल आउने भएकाले उनीहरूको समय, पीडा र आवश्यकतालाई सम्मान गर्नुपर्ने बताएका छन्।

लहान प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवाको गुणस्तर सुधार, चिकित्सकको जिम्मेवारीबोध, कर्मचारीको कार्यशैली र प्रशासनिक जवाफदेहितालाई प्रभावकारी बनाउनु अहिलेको आवश्यकता देखिएको छ। अस्पताल प्रशासनले उठेका गुनासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै सर्वसाधारणले सहज, सुलभ र सम्मानजनक उपचार पाउने वातावरण निर्माण गर्नुपर्ने देखिन्छ। स्रोत : कृष्ण बन्धु यादव, स्रोत शिक्षक।

प्रतिक्रिया दिनुहोस

यादव सेवा समाज कतारद ...

शियाराम यादव,लहान मंसिर-१३ । रोजगारीको सिलसिलामा भारतको सुरतमा काम गर्दै आएका सिरहा नगरपालिका– ...

लहान–८ मा जसपा नेपाल ...

रहमुल,लहान १३ मंसिर। जनता समाजवादी पार्टी (जसपा) नेपालले लहान नगरपालिका वडा नं. ८ मा आफ्नो संगठनलाई ...

कृषि, पर्यटन र संस्क ...

रहमुल,लहान, १३ मंसिर । सुनसरीको भोक्राहा–नरसिंहमा कृषि, व्यापार, पर्यटन, कला तथा संस्कृतिको प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤