प्रमोद थारु ९ मंसिर सप्तरी। थारु महिला समाज नेपाल उपत्यका समितिको आयोजनामा समाचकेवा महोत्सव २०८३ सप्तरीको खडक नगरपालिका–६ स्थित जानकीनगर इसरानथोकमा भव्य रूपमा सम्पन्न भएको छ। थारु कला, संस्कृति, भाषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव थारु महिला समाज नेपाल उपत्यका समितिकी अध्यक्ष सुशीला चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी प्रमुख अतिथि तथा नगर उपप्रमुख रीता चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी थारु महिला समाज नेपालकी केन्द्रीय अध्यक्ष अनिता चौधरी, थारु भाषा साहित्यका केन्द्रीय उपाध्यक्ष बुधसेन चौधरी, थारु कल्याणकारिणी सभा उपत्यका समितिका अध्यक्ष शत्रुधनप्रसाद चौधरी, केन्द्रीय सदस्य शिवनारायण शिवा थारु, थारु भाषा साहित्यका महासचिव सियाराम चौधरीलगायत विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महोत्सवमा समाजसेवी कानन चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद ठाकुर, इन्द्रकान्त चौधरी, तुलादेवी चौधरी, काजलदेवी पासवान, छेदीलाल चौधरी, वंशराज साह, सत्यनारायण चौधरी, उमेश पासवान, महिन्द्र चौधरी र सीता चौधरीलगायतको सहभागिता रहेको थियो। थारु समुदायको मौलिक पर्व समाचकेवाको सांस्कृतिक महत्त्वलाई उजागर गर्दै नयाँ पुस्तामाझ भाषा, कला, संस्कार र परम्पराको पहिचान स्थापित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन शंकरदेवी चौधरीले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved