Siraha Times
ताजा समाचार

सिरहामा खुलेयाम लिङ्ग परिकक्षण, नियमनकारी निकाय मौन

  • वैशाख २४, २०७५
  • १७५५४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २४ । सिरहामा क्लिनिकहरु खुलेयाम रुपमा लिंग पहिचान गरेर भुरूण हत्या गर्ने क्रम बढेको छ । छोराको अकांक्षासहित गर्भवती भएका महिलाले गर्भ परीक्षणमा छोरी रहेको थाहा पाएपछि भुरूण हत्या गराउँछन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ अभियान’को घोषणा गरेका बेला मिर्चैया,सिरहा लहान लगायतका ठाँउमा लिंग पहिचान गरी भुरूण हत्या फस्टाएको हो । स्वास्थ्य संस्थाको अनुगमन नहुँदा यहाँ असुरक्षित रूपमा चर्को शुल्क लिएर गर्भपतनको व्यापार फस्टाएको छ ।

लिङ्ग परिक्षण कानूनी रुपमा प्रतिवन्ध भए पनि सिरहाको मिर्चैया,लहान, सिरहा लगायतका ठाँउमा खुल्ले याम रुपमा छोरा छोरी छुट्याउन दुई हजार पाँच सय लिई छुट्याउने गरेको नाम प्रकाशन नगर्ने शर्तमा एक महिलाले बताईन । इलाका प्रहरी कार्यालय मिर्चैया सँगै टासिएको डा. विष्णु साहको क्लिनिकमा अवैध रूपमा दिन्हु दर्जन भन्दा बढीको लिंग पहिचान भइरहेको छ । मिर्चैया,लहानमा धनुषा,महोत्तरी, तथा भारतका छिमेक जिल्लाका महिलाहरु लिंग परिक्षण अल्ट्रासाउन्ड गरेका हुन । मिर्चैयामा डा.विष्णु साहको क्लिनिकमा महिला डाक्टरले अनुभवको भरमा रेडियोलो जिस्टको काम गर्दै आएका छन । लिंग पहिचान गर्न मिर्चैया परिचित भएको छ । लिंग पहिचान गरिए पनि डाक्टरले रिपोर्ट भने दिने गरेका छैन ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढी प्रभाव ...

तौलिहवा (कपिलवस्तु) । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका ...

भगवानपुरमा जसपाको रा ...

रहमुल, लहान, २२ भदौ । सिरहाको भगवानपुर गाउँपालिकामा पछिल्लो राजनीतिक घटनाक्रमले स्थानीय राजनीतिक वृत ...

जलवायु उत्थानशील कृष ...

रहमुल, लहान २१ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिँदै गएको चुनौतीलाई न्यूनीकरण गर्दै कि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१