ताजा समाचार

पालिकामै पुग्न थाल्यो लाइसेन्स

  • कार्तिक १८, २०८३
  • ११० पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह सप्तरी कार्तिक १७ । पछिल्लो समय आफ्नै पालिकाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त हुन थालेपछि सेवाग्राहीलाई सहज भएको छ । यातायात व्यवस्था कार्यालय राजबिराज सप्तरीलेका सेवाग्राहीको लाइसेन्स पालिकालाई नै हस्तान्तरण गरेर सजिलैसँग सेवाग्राहीसमक्ष पु¥याउने अभियानको थालनी गरेको हो । यो सेवाले लाइसेन्स छापिएर आएपछि लिनका लागि यातायात व्यवस्था कार्यालय नै धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । 

बोदे बर्साईन नगरपालिका–१० का उमेश कुमार यादवले आफूले पालिकाबाटै लाइसेन्स प्राप्त गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवस्था कार्यालयको यो कदमप्रति खुसी लाग्यो । मैले पनि हाम्रै स्थानीय तहबाट केही दिनअघि मात्र लाइसेन्स प्राप्त गरेँ ।” बोदे बर्साईन नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत राम सागर यादवले यातायात कार्यालयबाट आफूहरूलाई हस्तान्तरण गरिएको लाइसेन्स सेवाग्राहीलाई सम्पर्क गरेर हस्तान्तरण गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यातायातले हामीलाई हस्तान्तरण गरेको लाइसेन्स सेवाग्राहीलाई फोन गरेरै बोलाएर धमाधम दिइरहेका छौँ ।” बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले यातायात व्यवस्था कार्यालयको यो कार्यले सेवाग्राहीलाई सहज भएकाले सकारात्मक सन्देश गएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले चाहेमा गर्न सक्छ भन्ने उदाहरण पनि हो ।” यातायात व्यवस्था कार्यालय राजबिराजका प्रमुख शशी प्रसाद यादवले अहिलेसम्म सप्तरीको बोदे बर्साईन र बलान बिहुल गाउँपालिकाबाट सेवा सुरु गरिएको र केही दिन पछि अन्य पालिकाहरूलाई एकमुष्टमा लाइसेन्स हस्तान्तरणको तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सप्तरीमा त पालिकाहरूले घर–घरमै लगेरसमेत दिनुभयो । अन्य जिल्लाहरूमा पनि सेवाग्राहीको सहजताका लागि सम्वन्धित पालिकालाई हस्तान्तरण गर्ने कार्य गरिरहेका छौँ ।” बिदाको दिन पालिकाहरूमै पुगेर लाइसेन्स प्रदान गर्दा सेवाग्राहीलाई सहज र छिटोछरितो रूपमा पालिकाबाट लाइसेन्स पाउने व्यवस्था मिलाइएको यातायात व्यवस्था कार्यालयका प्रमुख यादवले बताउनुभयो । पछिल्लो समय सरकारले नै लाइसेन्स, राष्ट्रिय परिचयपत्र, नागरिकतासहितका सेवा घरघरमै पुगेर प्रदान गर्ने नीति अबलम्बन गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकाको कल्य ...

ओम प्रकाश यादव, लहान, कात्तिक १६ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित आधारभूत अस्पतालमा आ ...

पत्रकारलाई धम्की दिन ...

वीरगंज १६ कात्तिक । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं.–४ का वडाध्यक्ष लक्ष्मण साह कानुले ...

गोली लागेर जीवनमरणको ...

वीरगंज १६ कात्तिक। बाराको फेटा गाउँपालिका–३ मा गोली लागेर जीवनमरणको अवस्थामा पुगेका १५ वर्षीय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤