ताजा समाचार

चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, वडा नं. ४ बन्यो विजेता

  • मंसिर ७, २०८३
  • २९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसिर ६ । नवराजपुर गाउँपालिकामा चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ अन्तर्गत वडा नं. ४ र वडा नं. ५ बीच भएको फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न भएको छ। रोमाञ्चक प्रतिस्पर्धाबीच सम्पन्न खेलमा वडा नं. ४ ले टस जितेर पहिले ब्याटिङ गर्दै वडा नं. ५ सामु १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

१४५ रनको लक्ष्य पछ्याएको वडा नं. ५ को टोलीले १६.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो। यससँगै वडा नं. ४ ले फाइनल खेलमा जित हासिल गर्दै चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। प्रतियोगिताको समापन समारोहमा गाउँपालिका अध्यक्ष शिव उदगार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं. ४ का अध्यक्ष देव राम यादव, वडा नं. ५ का अध्यक्ष जयप्रकाश यादव, पूर्व उपाध्यक्ष शोभा यादव तथा प्रमुख प्रशासकीय अधिकृतको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, झाझपट्टी प्रहरी प्रमुख, युवा नेता जयकृष्ण यादव, युवा नेता विजेन्द्र प्रसाद यादव, रोशन यादव, राधेश्याम यादव,कृष्णा यादव,मनोज ठाकुर लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नरेन्द्र यादव ‘मोदी’ले गरेका थिए भने खेलको कमेन्ट्री पीके तवाहीले गरेका थिए। प्रतियोगितालाई थप उत्साहजनक र प्रतिस्पर्धात्मक बनाउन युवा नेता जयकृष्ण यादवले दुवै टोलीका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप रेडबुल उपलब्ध गराएका थिए। त्यसैगरी युवा नेता भाइ विजेन्द्र प्रसाद यादवले वडा नं. ५ का खेलाडीहरूलाई रेडबुल प्रदान गरेका थिए। खेलाडीलाई गरिएको उक्त सहयोगले प्रतियोगितामा थप उत्साह थपेको आयोजकले जनाएको छ।

प्रतियोगिताको समापन अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। जसअनुसार उत्कृष्ट ब्याट्सम्यानको उपाधि जितेन्द्र प्रसाद यादवले प्राप्त गरे भने उत्कृष्ट बलरको उपाधि वडा नं. ५ का कप्तान सेन्डिलले हात पारे। त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) पनि सेन्डिल घोषित भए।

यसैगरी उत्कृष्ट फिल्डरको उपाधि मनिष यादवले प्राप्त गरे भने फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका मिथिलेश सिंह म्यान अफ द म्याच घोषित भए। क्वार्टरफाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विवेक यादवलाई पनि सम्मान गरिएको थियो। स्थानीय स्तरमा लुकेर रहेका क्रिकेट प्रतिभाको पहिचान, युवाहरूमा खेलकुदप्रतिको आकर्षण वृद्धि तथा आपसी सद्भाव र एकता कायम गर्ने उद्देश्यले आयोजना गरिएको अध्यक्ष कप प्रतियोगिताले खेलप्रेमी युवाहरूमा उत्साह थपेको छ।प्रतियोगिताको सफल समापनसँगै आयोजकले सहभागी सम्पूर्ण खेलाडी, सहयोगी, अतिथि तथा खेलप्रेमी दर्शकहरूलाई धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजको ...

रंजित चौरसिया वीरगंज ६ मंसिर। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा नेशनल ...

अन्तर्राष्ट्रिय बाल ...

सप्तरी । अन्तर्राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा खडक नगरपालिकामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथ ...

बुवालाई आईसीयूमा राख ...

रंजित चौरसिया वीरगंज ५ मंसिर । धनुषा जिल्लाको वटेश्वर गाउँपालिका वडा नं.५ निवासी प्रविन्द कुमार साहक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤