प्रिन्स मिश्र कपिलवस्तु /जनकपुरधाम ओम कोचिंग सेंटर जनकपुरका प्रधानाध्यापक अभय सिंहले हिन्दु धर्मावलम्बीहरूको महान् आस्था र लोकआस्थाको पर्व छठ पूजाको पावन अवसरमा सम्पूर्ण देशवासी तथा छठ व्रतालुहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
प्रधानाध्यापक सिंहले छठ पर्वले समाजमा आपसी एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र भाइचाराको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै देशमा शान्ति, सुव्यवस्था, स्थायित्व र समृद्धिको कामना गरेका छन्। उनले श्रद्धा, निष्ठा र पवित्रताका साथ मनाइने यस पर्वले सम्पूर्ण नेपालीबीच एकता र सद्भाव कायम राख्न प्रेरणा दिने बताएका छन्।
प्रधानाध्यापक सिंहले छठ पर्वको पवित्र भावना र सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, स्वास्थ्य, उन्नति र समृद्धि छाओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। अस्ताउँदो सूर्यलाई अर्घ्य र उदाउँदो सूर्यसँग नयाँ आशा जोड्ने छठ पर्वले सबैको जीवनमा सकारात्मक ऊर्जा, सद्भाव र समृद्धिको उज्यालो फैलाओस् भन्ने कामना गरेका छन ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved