ताजा समाचार

सप्तरीमा प्रथम करमनेश्वर हरियाली गोल्डकप २०८३ सुरु, खेलकुदमार्फत युवा प्रतिभा उजागर गर्ने लक्ष्य

  • कार्तिक २६, २०८३
  • ३१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान कार्तिक २५ । सप्तरीको खडक नगरपालिका–४ करमनियामा खेलकुदको विकास, स्थानीय खेल प्रतिभाको पहिचान तथा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम करमनेश्वर हरियाली गोल्डकप २०८३ को समुद्घाटन समारोह सम्पन्न भएको छ।

खेलकुदको माध्यमबाट युवाहरूमा अनुशासन, एकता, आपसी सद्भाव र सहकार्यको भावना विकास गर्ने लक्ष्यसहित आयोजित प्रतियोगिताको उद्घाटन समारोह सुरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी रहेका थिए भने विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख रीता चौधरी र खडक नगरपालिका–४ का वडा अध्यक्ष गंगाराम चौधरीको उपस्थिति रहेको थियो।

त्यसैगरी अतिथिहरूमा वडा सदस्य राजनारायण साह, राजेन्द्र चौधरी, गोबराहा वन समुदायका अध्यक्ष धर्मनारायण चौधरी, पूर्वशिक्षक तथा समाजसेवी दहनलाल चौधरी, थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य शिवनारायण (सिबा) थारू, आदिवासी जनजाति महासंघ सप्तरीका वरिष्ठ उपाध्यक्ष उपेश सिंह, समाजसेवी सबुरलाल चौधरी तथा उपेन्द्र प्रकाश चौधरीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अतिथिहरूले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई युवाहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासको महत्वपूर्ण आधार भएको बताए। उनीहरूले स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले गाउँघरमा लुकेर रहेका खेल प्रतिभालाई पहिचान गरी उनीहरूलाई थप अवसर प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। वक्ताहरूले खेलकुदले युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्नुका साथै सामाजिक एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उल्लेख गर्दै प्रतियोगितालाई निरन्तरता दिन आयोजकलाई आग्रहसमेत गरे। 

प्रथम करमनेश्वर हरियाली गोल्डकपको आयोजनाले करमनिया क्षेत्रको खेलकुद गतिविधिलाई नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा रहेका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउनुका साथै खेलकुदमार्फत स्थानीय पहिचान स्थापित गर्न प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास गरिएको छ। स्थानीय युवाहरूको उत्साह, सहभागिता र खेलप्रतिको आकर्षण बढाउने उद्देश्यसहित सुरु भएको यस गोल्डकपले आगामी दिनमा करमनिया क्षेत्रलाई खेलकुदको पहिचान बोकेको क्षेत्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लोप हुने अवस्थामा पर ...

रामअधार यादव, रौतहट कार्तिक २५ । रौतहटको कटहरिया नगरपालिका–१ अन्तर्गत भसेढवा, झौवालगायतका गाउँ ...

भगवानपुरमा तीनदिने क ...

ओम प्रकाश यादव लहान, २५ कार्तिक । खेलकुदको विकास, युवामा खेलप्रतिको आकर्षण बढाउनुका साथै आपसी सद्भाव ...

दलित तथा विपन्न परिव ...

रहमुल, लहान २४ कार्तिक । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको सेवा प्रवाह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤