ताजा समाचार

भगवानपुरमा तीनदिने कबड्डी प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नं. २ विजयी

  • कार्तिक २६, २०८३
  • ३७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, २५ कार्तिक । खेलकुदको विकास, युवामा खेलप्रतिको आकर्षण बढाउनुका साथै आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले सिरहाको भगवानपुर गाउँपालिका–२ स्थित दक्षिणबारी टोल नरहामा तीनदिने कबड्डी प्रतियोगिता सुरु भएको छ।

भगवानपुर गाउँपालिकाको आयोजना तथा ३ स्टार युवा संघ नरहाको समन्वयमा शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता धर्मी यादवले गर्नुभएको थियो। उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव, भगवानपुर गाउँपालिका उपाध्यक्ष रेखा कुमारी यादव तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जे पटेलको उपस्थिति रहेको थियो।

त्यसैगरी अतिथिहरूमा भगवानपुर गाउँपालिका–१ का वडा अध्यक्ष मीरा देवी यादव, वडा नं. २ का वडा अध्यक्ष सूर्यनारायण यादव, वडा नं. ३ का वडा अध्यक्ष विनोद कुमार यादव, वडा नं. ४ का वडा अध्यक्ष रामकुमार यादव र वडा नं. ५ का वडा अध्यक्ष अमरलाल यादव सहभागी हुनुहुन्थ्यो। प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न रेफ्री सरोज यादवले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

प्रतियोगिताको उद्घाटन खेलमा भगवानपुर गाउँपालिका वडा नं. २ र वडा नं. ३ बीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। खेलमा वडा नं. २ ले ५१ अंक प्राप्त गर्दा वडा नं. ३ ले १७ अंकमा सीमित भयो। उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. २ ले ३४ अंकको अन्तरले जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। त्यस्तै, प्रतियोगिताको दोस्रो खेलमा भगवानपुर गाउँपालिका वडा नं. १ र सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ४ बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा भगवानपुर वडा नं. १ ले १७ अंक प्राप्त गर्दा सखुवानन्कारकट्टी वडा नं. ४ ले ३५ अंक हासिल गर्दै विजयी भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले अनुशासन, खेल भावना र आपसी सम्मानलाई प्राथमिकतामा राख्दै आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए। स्थानीय दर्शकहरूको उल्लेख्य सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण र रोमाञ्चक बनाएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अतिथिहरूले ग्रामीण क्षेत्रमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। खेलकुदले युवाको शारीरिक तथा मानसिक विकास गर्नुका साथै उनीहरूमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सामूहिक भावनाको विकास गर्ने भएकाले स्थानीय तहबाट खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।

ग्रामीण भेगमा लुकेर रहेका खेल प्रतिभालाई पहिचान गरी अवसर प्रदान गर्नु, युवालाई सकारात्मक गतिविधिमा जोड्नु र विभिन्न वडा तथा पालिकाबीच आपसी सम्बन्ध सुमधुर बनाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। भगवानपुर गाउँपालिका तथा थ्री स्टार युवा संघ नरहाद्वारा आयोजित उक्त प्रतियोगिताका सम्पूर्ण खेलहरू आगामी २८ कार्तिकमा समापन हुने आयोजकले जानकारी दिएको छ।

आयोजकले प्रतियोगितामा सहभागी सम्पूर्ण अतिथि, बुद्धिजीवी, खेलप्रेमी, खेलाडी तथा दर्शकहरूलाई शुभ दीपावली एवं छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै खेलकुदको विकास र युवाको प्रतिभा सम्मानमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस

सप्तरीमा प्रथम करमने ...

ओम प्रकाश यादव लहान कार्तिक २५ । सप्तरीको खडक नगरपालिका–४ करमनियामा खेलकुदको विकास, स्थानीय खे ...

लोप हुने अवस्थामा पर ...

रामअधार यादव, रौतहट कार्तिक २५ । रौतहटको कटहरिया नगरपालिका–१ अन्तर्गत भसेढवा, झौवालगायतका गाउँ ...

दलित तथा विपन्न परिव ...

रहमुल, लहान २४ कार्तिक । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको सेवा प्रवाह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤