ताजा समाचार

लोप हुने अवस्थामा परम्परागत ‘सुहराइया’ अर्थात् हुयालोलो पर्व, भसेढवा–झौवामा अझै जोगाइँदै पुस्तौँ पुरानो संस्कृति

  • कार्तिक २६, २०८३
  • ३४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, रौतहट कार्तिक २५ । रौतहटको कटहरिया नगरपालिका–१ अन्तर्गत भसेढवा, झौवालगायतका गाउँमा दीपावलीपछिको गोवर्धन पूजाका दिन परम्परागत ‘सुहराइया’ अर्थात हुयालोलो पर्व हर्षोल्लासका साथ मनाउने गरिएको छ। पुस्तौँदेखि चल्दै आएको यो मौलिक परम्परा पछिल्लो समय विस्तारै लोप हुँदै गएको छ। अहिले अधिकांश ठाउँमा यो पर्व मनाउन छाडिएको छ भने केही सीमित गाउँमा मात्रै यसको परम्परा कायम रहेको छ।

सुहराइया पर्वका अवसरमा स्थानीय बासिन्दाले बिहानैदेखि गाई, गोरु, भैँसीलगायतका पशुधनलाई विशेष महत्त्वका साथ पक्खेउ खुवाउने गर्छन्। स्थानीय वनजङ्गलमा पाइने विभिन्न जडीबुटी, झारपात तथा वनस्पति मिसाएर पक्खेउ तयार पारिन्छ। त्यसैगरी विभिन्न जडीबुटी र वनस्पतिबाट मिश्रित तेलसमेत तयार गरी पशुलाई खुवाउने तथा प्रयोग गर्ने परम्परा रहेको छ।

दिनभरि पशुलाई पक्खेउ खुवाउने र रगी विरगी रंग लगाएर र स्याहारसुसार गर्ने गरिन्छ। त्यसपछि साँझपख भसेढवा क्षेत्रस्थित लालबकैया नदीको किनारमा वर्षौँदेखि चल्दै आएको विशेष परम्परागत गतिविधि सञ्चालन गरिन्छ।

यस परम्पराअन्तर्गत सानो सुँगुरको बच्चालाई गोरुको माथि राखेर गोरुहरूलाई दौडाउने तथा विभिन्न गतिविधि गराउने चलन रहेको छ। यस क्रममा गोरुहरू दौडिने र उफ्रिने जस्ता गतिविधि देखिने गर्छन्। स्थानीय समुदायमा यो परम्परा सुहराइया पर्वको विशिष्ट पहिचानका रूपमा रहँदै आएको छ। पर्व अवलोकन गर्न हजारौँको संख्यामा स्थानीय बासिन्दा, बालबालिका, समाजसेवी तथा पूर्व जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। परम्परागत गतिविधि हेर्न लालबकैया नदी किनारमा स्थानीयको उल्लेख्य भीड लागेको थियो।

झौवा निवासी समाजसेवी गणिलाल यादवका अनुसार सुहराइया पर्व स्थानीय मौलिक संस्कृति, कृषि जीवनशैली र पशुधनसँग जोडिएको पुस्तौँ पुरानो परम्परा हो। उहाँले विगतमा विभिन्न गाउँमा उत्साहका साथ मनाइने यो पर्व अहिले धेरै ठाउँमा हराउँदै गएको बताउनुभयो। हाल भसेढवा, झौवालगायत केही सीमित स्थानमा मात्रै यो परम्परा कायम रहेको उहाँको भनाइ छ।

आधुनिक जीवनशैली र नयाँ पुस्तामा परम्पराप्रतिको चासो घट्दै जाँदा सुहराइया पर्वसमेत विस्तारै लोप हुने अवस्थामा पुगेको छ। स्थानीय मौलिक पहिचान बोकेको यस्तो परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको महत्त्व र इतिहास पुर्‍याउन आवश्यक देखिएको छ।

सुहराइया केवल एउटा पर्व मात्र नभई स्थानीय समाजको इतिहास, कृषि संस्कृति र पुर्खाले हस्तान्तरण गरेको मौलिक पहिचान पनि हो। यसको संरक्षण गर्नु आजको पुस्ताको साझा जिम्मेवारी हो।

प्रतिक्रिया दिनुहोस

सप्तरीमा प्रथम करमने ...

ओम प्रकाश यादव लहान कार्तिक २५ । सप्तरीको खडक नगरपालिका–४ करमनियामा खेलकुदको विकास, स्थानीय खे ...

भगवानपुरमा तीनदिने क ...

ओम प्रकाश यादव लहान, २५ कार्तिक । खेलकुदको विकास, युवामा खेलप्रतिको आकर्षण बढाउनुका साथै आपसी सद्भाव ...

दलित तथा विपन्न परिव ...

रहमुल, लहान २४ कार्तिक । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको सेवा प्रवाह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤