ताजा समाचार

महिनावारी सार्ने औषधि सेवन गर्नुअघि स्वास्थ्य जोखिमबारे सचेत बनौँ : स्वास्थ्यकर्मी तथा महिला अधिकारकर्मी ताजपुरिया

  • कार्तिक २२, २०८३
  • ६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, सिरहा, २१ कार्तिक । तिहार तथा छठ पर्वको समयमा महिनावारी हुने डरले औषधि सेवन गरी महिनावारी पर सार्ने प्रवृत्तिप्रति स्वास्थ्यकर्मी तथा महिला अधिकारकर्मी खुश्बु ताजपुरियाले चिन्ता व्यक्त गरेकी छन्। उनले क्षणिक सामाजिक तथा सांस्कृतिक सहजताका लागि महिलाले आफ्नो स्वास्थ्यलाई जोखिममा पार्न नहुने बताउँदै महिनावारीसम्बन्धी अन्धविश्वास र विभेद अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन्।

ताजपुरियाका अनुसार महिनावारी महिलाको प्राकृतिक जैविक प्रक्रिया हो। यो कुनै रोग, पाप वा अपवित्रताको विषय होइन। महिनावारी भएका महिलाले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमा सहभागी हुनु हुँदैन भन्ने मान्यताको कुनै वैज्ञानिक आधार छैन। उनले महिनावारी पर सार्न प्रयोग गरिने नोरेथिस्टेरोनजस्ता हर्मोनयुक्त औषधि चिकित्सकीय सल्लाहबिना सेवन गर्दा टाउको दुख्ने, वाकवाकी लाग्ने, अनियमित रक्तस्राव हुनेलगायत समस्या देखिन सक्ने बताएकी छन्। कतिपय जोखिमयुक्त अवस्थामा रगत जम्ने गम्भीर समस्या पनि हुन सक्ने भएकाले औषधि सेवन गर्नुअघि स्वास्थ्यकर्मीसँग परामर्श लिन उनले आग्रह गरेकी छन्।

महिला अधिकारकर्मीका रूपमा समेत सक्रिय ताजपुरियाले महिनावारीका कारण महिलालाई धार्मिक तथा सामाजिक गतिविधिबाट वञ्चित गर्ने, अपवित्र ठान्ने र महिनावारी लुकाउन दबाब दिने सोच परिवर्तन गर्न आवश्यक रहेको बताएकी छन्। महिलाको स्वास्थ्य, आत्मसम्मान र स्वतन्त्रतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। उनले तिहार तथा भाइटीकाको अवसरमा दाजुभाइले दिदीबहिनीको स्वास्थ्य र भावनालाई सम्मान गर्दै महिनावारीमैत्री परिवार तथा विभेदमुक्त समाज निर्माणमा सहयोग गर्नुपर्ने सन्देश दिएकी छन्। ‘

महिनावारी प्राकृतिक हो, विभेद अप्राकृतिक हो; स्वास्थ्य पहिलो प्राथमिकता हो, अन्धविश्वास होइन’ भन्ने सन्देशसहित उनले सम्पूर्ण नगरवासीलाई तिहार तथा भाइटीकाको शुभकामना व्यक्त गरेकी छन्। साथै, स्वस्थ र सचेत धनगढीमाई निर्माणका लागि सबैलाई आह्वान गरेकी छन्। उहाँ धनगढीमाई नगरपालिका को उप मेयर को भावी उम्मेदवार रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया वीरगंज २२ कात्तिक। तिहार पर्वको अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजमा ...

लहान–१२ भोटियाटोलमा ...

ओम प्रकाश यादव लहान, २२ कात्तिक । सिरहाको लहान नगरपालिका–१२ भोटियाटोल चौकमा सुविधा सम्पन्न &ls ...

दलित बालबालिकाको शिक ...

रहमुल, लहान २० कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभा हलमा दलित बालबालिकाको शिक्षा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤