ताजा समाचार

लहान–१२ भोटियाटोलमा ‘घोङ्हि’ होटल सञ्चालनमा, मिथिला र थारू समुदायका मौलिक परिकार पाइने

  • कार्तिक २२, २०८३
  • ३६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, २२ कात्तिक । सिरहाको लहान नगरपालिका–१२ भोटियाटोल चौकमा सुविधा सम्पन्न ‘घोङ्हि’ होटल विधिवत् रूपमा शुक्रबारदेखि सञ्चालनमा आएको छ। दिनेश होटलद्वारा सञ्चालित उक्त होटलको उद्घाटन लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले गर्नुभएको हो। विगत एक वर्षदेखि लहान क्षेत्रमा मिथिला समुदायको मौलिक स्वादसहितका विभिन्न परिकार पस्किँदै आएको दिनेश होटलले आफ्नो व्यवसाय विस्तार गर्दै ‘घोङ्हि’ नामबाट नयाँ होटल सञ्चालनमा ल्याएको हो। होटलले यसअघि १४ प्रकारका स्वादिष्ट परिकार समावेश गरिएको मिथिला थाली मात्र १५० रुपैयाँमा उपलब्ध गराउँदै आएको थियो।

नयाँ होटलमा मिथिला समुदायका परम्परागत परिकारसँगै थारू समुदायका विशेष तथा मौलिक खानाका परिकारलाई समेत विशेष प्राथमिकता दिइएको सञ्चालकले बताएका छन्। ग्राहकको रुचि र आवश्यकतालाई ध्यानमा राख्दै होटलमा शाकाहारी तथा मांसाहारी दुवै प्रकारका खानाको व्यवस्था गरिएको छ। होटलमा स्थानीय स्वादका विविध परिकारका साथै ग्राहकको सहजताका लागि बस्ने र रहने सुविधासमेत उपलब्ध गराइएको छ। स्थानीयस्तरमै मिथिला तथा थारू समुदायका मौलिक खानाको स्वाद लिन चाहने ग्राहकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको सञ्चालक दिनेश साहले जानकारी दिनुभयो।

सञ्चालक साहका अनुसार मिथिला र थारू समुदायको परम्परागत खानपान, मौलिक स्वाद तथा सांस्कृतिक पहिचानलाई खानाका परिकारमार्फत संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको हो। स्थानीय उत्पादन तथा परम्परागत परिकारलाई प्राथमिकता दिँदै ग्राहकलाई फरक स्वाद र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। पछिल्लो समय लहान क्षेत्रमा होटल तथा रेस्टुरेन्ट व्यवसाय विस्तार हुँदै गएको अवस्थामा स्थानीय मौलिक खानालाई प्राथमिकता दिएर सञ्चालनमा आएको ‘घोङ्हि’ होटलले यस क्षेत्रको खानपान संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मिथिला र थारू समुदायका मौलिक परिकारलाई एउटै स्थानमा उपलब्ध गराउने प्रयासले स्थानीय बासिन्दासँगै बाहिरबाट आउने पाहुना तथा खानाका पारखीलाई समेत आकर्षित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

महिनावारी सार्ने औषध ...

रहमुल, सिरहा, २१ कार्तिक । तिहार तथा छठ पर्वको समयमा महिनावारी हुने डरले औषधि सेवन गरी महिनावारी पर ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया वीरगंज २२ कात्तिक। तिहार पर्वको अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजमा ...

दलित बालबालिकाको शिक ...

रहमुल, लहान २० कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभा हलमा दलित बालबालिकाको शिक्षा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤