निराजन यादव गढवा, दाङ । दाङको गढवा गाउँपालिका–२ पचहियास्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत किशोर–किशोरीहरूलाई आत्मरक्षा (Self-Defence) सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको छ। Her International को आर्थिक सहयोग तथा Creating Possibilities (CP Nepal) को आयोजनामा सञ्चालित ‘We Create (हामी सिर्जनशील)’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको हो।
तालिमका क्रममा तेक्वान्दो प्रशिक्षक रिशिराज चौधरी, तेक्वान्दो प्रशिक्षक गुरु किरण पौडेल र तेक्वान्दो प्रशिक्षक बशन्ती चौधरीले विद्यार्थीहरूलाई आत्मरक्षाका विभिन्न सीप, प्रविधि तथा व्यवहारिक विधिबारे प्रशिक्षण दिएका थिए। उनीहरूले सम्भावित जोखिम तथा हिंसाजन्य घटनाबाट आफूलाई सुरक्षित राख्ने उपाय, शारीरिक प्रतिरक्षा र आत्मविश्वास अभिवृद्धिका विषयमा प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमबारे जानकारी दिँदै CP Nepal का कार्यकारी निर्देशक दिनेशराज सापकोटाले किशोर–किशोरीहरूलाई आत्मरक्षासम्बन्धी ज्ञान र सीप प्रदान गर्नुका साथै उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। आत्मरक्षा तालिमले विद्यार्थीहरूलाई सम्भावित जोखिमको पहिचान गर्न, कठिन परिस्थितिमा संयमित रहन तथा आफ्नो सुरक्षा आफैँ गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। विद्यालयस्तरमै सञ्चालन गरिएको यस्ता व्यावहारिक प्रशिक्षण कार्यक्रमले किशोर–किशोरीहरूमा आत्मविश्वास, अनुशासन र आत्मनिर्भरता विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved