ताजा समाचार

अन्तिम दुई बलमा छक्कासहित नरहाले जित्यो प्रथम अध्यक्ष कपको उपाधि, सिरहामाथि रोमाञ्चक जित

  • मंसिर ३, २०८३
  • ३१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २ मंसिर सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित प्रथम अध्यक्ष कप टी–२० क्रिकेट प्रतियोगिता–२०८३ को उपाधि नरहा क्रिकेट टिमले जितेको छ। सिरहा क्रिकेट टिमसँग भएको फाइनल खेलमा अन्तिम दुई बल बाँकी रहँदा निर्णायक छक्का प्रहार गर्दै नरहाले रोमाञ्चक जित निकालेको हो। फाइनल खेल सुरुदेखि नै निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। दुवै टिमले उपाधि जित्न उत्कृष्ट प्रदर्शन गरेपछि खेलको नतिजा अन्तिम क्षणसम्म अनिश्चित बनेको थियो।

खेलको अन्तिम दुई बलमा नरहा टिमलाई जितका लागि ५ रन आवश्यक थियो भने अन्तिम विकेट मात्र बाँकी थियो। यस्तो दबाबपूर्ण अवस्थामा ब्याट्सम्यान नौसाद अलीले शानदार छक्का प्रहार गर्दै नरहा टिमलाई अविस्मरणीय जित दिलाए। उनको निर्णायक छक्कासँगै नरहा टिमका खेलाडी, समर्थक तथा मैदानमा उपस्थित दर्शकहरू खुसीले झुमेका थिए। अध्यक्ष यादवले पछिल्लो समय महामारीकै रूपमा फैलिँदै गएको लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए। युवाहरूलाई कुलत र दुर्व्यसनबाट टाढा राख्दै सिर्जनात्मक, अनुशासित र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्न खेलकुद गतिविधिलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

युवाहरूको ऊर्जा र समयलाई खेलकुद, सिर्जनशीलता तथा सामाजिक गतिविधिमा लगाउन सके समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन सकिने उनले धारणा राखे। समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ यादवले विजेता तथा उपविजेता टिमलाई बधाई दिँदै पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सञ्जय यादवसहित स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, आयोजक समिति, खेलाडी तथा सर्वसाधारण दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रथम अध्यक्ष कप टी–२० क्रिकेट प्रतियोगिताले सखुवानन्कारकट्टी गाउँपालिकासहित आसपासका क्षेत्रका युवाहरूमा क्रिकेटप्रतिको उत्साह बढाउनुका साथै स्थानीय खेलाडीको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। त्यसैगरी, खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध बनाउने, लागूऔषध दुर्व्यसनविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने तथा स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यमा प्रतियोगिता सफल भएको आयोजकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस

मलेसियामा रहेका लहान ...

शियाराम यादव,मंसिर-२ सिरहाको लहान नगरपालिका–२३, बथनाहाका रामसागर यादवको मलेसियामा असामयिक निधन ...

शौचालय प्रयोगसँगै फे ...

ओम प्रकाश यादव लहान, मंसिर २। सिरहाको लहान नगरपालिका–१७ बलानशेरस्थित मुसहर बस्तीमा सामुदायिक श ...

लहानका मेयर चौधरीद्व ...

ओम प्रकाश यादव लहान, १ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले आफ्नो कार्यकाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤