ताजा समाचार

नरहा गाउँपालिकामा किशोरी अधिकार तथा सरोकारवालाबीच सामुदायिक संवाद कार्यक्रम सम्पन्न

  • असोज ३०, २०८३
  • १५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उनीहरूका सवालमा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले पालिकास्तरीय किशोरी अधिकार मञ्च तथा सरोकारवालाबीच सामुदायिक संवाद कार्यक्रम सम्पन्न भएको छ।

IMG-20261016-WA0095

२०८३ असोज २९ गते बिहीबार नरहा गाउँपालिकाको बैठक हलमा आयोजित उक्त कार्यक्रम किशोरी अधिकार मञ्चकी अध्यक्ष हिमान्सी कुमारी यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नरहा गाउँपालिकाका प्रमुख रामप्रमोद यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख गुलब देवी चौधरी, आदित्य कुमार कर्ण तथा विभिन्न वडाका जनप्रतिनिधि, किशोरी अधिकार मञ्चका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा वडा नम्बर १ का अध्यक्ष अशोक कुमार महतो, वडा नम्बर २ का अध्यक्ष सम्झना सिंह, वडा नम्बर ३ का अध्यक्ष रुस्तम अन्सारी, वडा नम्बर ४ का अध्यक्ष विलक्षण यादव र वडा नम्बर ५ का अध्यक्ष हुकुम देव यादव सहभागी थिए।

IMG-20261016-WA0094

कार्यक्रममा किशोरीहरूको अधिकार, उनीहरूले समुदायमा भोग्नुपरेका समस्या, उनीहरूको सहभागिता तथा अधिकार संरक्षणका लागि स्थानीय तह र सरोकारवालाहरूको भूमिकाबारे सामुदायिक संवाद गरिएको थियो। यस्ता कार्यक्रमले किशोरीहरूलाई आफ्ना सवाल र समस्याबारे खुलेर विचार राख्ने अवसर प्रदान गर्नुका साथै सम्बन्धित निकायलाई उनीहरूका आवश्यकता र चुनौतीबारे जानकारी गराउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

IMG-20261016-WA0096

कार्यक्रममा पुनिता कुमारी यादव, मनिषा सिंह, सिमला कुमारी यादव, कञ्चन कुमारी, सरोज कुमार सदा, दिलिप कुमार, प्रविन कुमार सिंह, अनिसा कुमारी महरा, रोशनी कुमारी सदा, राधा कुमारी सदा र पूजा कुमारी मण्डलल समुन्नत नेपालको आनन्द कुमार महतो लगायतको उपस्थिति रहेको थियो।

केयर नेपालको आर्थिक सहयोग, समुन्नत नेपाल र सबल नेपालको प्राविधिक सहयोग तथा नरहा गाउँपालिकाको समन्वयमा किशोरी अधिकार मञ्चले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम उन्नति परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो। किशोरीहरूको अधिकार सुनिश्चित गर्न, उनीहरूको आवाजलाई स्थानीय तहसम्म पुर्‍याउन तथा किशोरीमैत्री वातावरण निर्माण गर्न यस्ता संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। किशोरीहरूको सशक्तीकरणका लागि स्थानीय सरकार, संघसंस्था, अभिभावक र समुदायबीच सहकार्य तथा समन्वय आवश्यक रहेको विषय पनि यस कार्यक्रमको मुख्य सन्दर्भ रहेको छ।कार्यक्रम संचालन सबल नेपालको फिल्ड कार्यान्वयन अधिकृत अशोक कुमार साहले गरेको थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤