ताजा समाचार

धार्मिक सद्भावको उदाहरण: दुर्गा पूजा मेलालाई नसरुद्दिन अन्सारीको निरन्तर सहयोग

  • कार्तिक ४, २०८३
  • ९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्चालित श्री नौ दुर्गा पूजा मेलालाई मेयर प्रत्यासी नसरुद्दिन अन्सारीले १२ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। सहयोगप्रति आभार व्यक्त गर्दै मेला आयोजक समितिले उनलाई गम्छा ओढाएर सम्मान तथा स्वागत गरेको छ।

हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्था, परम्परा र सांस्कृतिक पर्वप्रति सम्मान व्यक्त गर्दै आएका अन्सारीले यसअघि पनि उक्त मेलाका लागि ११ हजार रुपैयाँ सहयोग गरेका थिए। यस वर्ष पुनः आर्थिक सहयोग गरेर उनले धार्मिक तथा सांस्कृतिक गतिविधिप्रतिको आफ्नो निरन्तर साथलाई दर्शाएका छन्।

सम्मान तथा स्वागत कार्यक्रममा वडा अध्यक्ष भुपेन्द्र महतो र हरिन्द्र साह, पूर्व वडा अध्यक्ष राजकुमार साह, समाजसेवी तथा जिल्ला सदस्य प्रेमशंकर यादवसहित मेला आयोजक समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। छेदीचोकमा आयोजना हुने श्री नौ दुर्गा पूजा मेला स्थानीयवासीको धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको महत्त्वपूर्ण पर्व हो। मेलाको व्यवस्थापन तथा धार्मिक कार्यक्रम सञ्चालनका लागि प्राप्त सहयोगले आयोजक समितिलाई मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

छेदीचौकमा दुईदिने कु ...

रामअधार यादव, रौतहट, कार्तिक २ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचौकमा श्री नौ दु ...

ठाडीको दुर्गाभगवती म ...

रहमुल, लहान, २ कार्तिक। सिरहाको भगवानपुर गाउँपालिका–४, ठाडीस्थित ऐतिहासिक दुर्गाभगवती मन्दिरमा ...

खानेपानी तथा सरसफाइ ...

रहमुल, लहान, २ असोज। स्वस्थ, सफा र समृद्ध समाज निर्माणका लागि सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ तथ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤