लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत नगर प्रमुख महेश चौधरीको पहलमा विपन्न, अशक्त र दुर्घटनाग्रस्त परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो ।
नगर प्रमुख चौधरी सोमबार खपानी टोलका रामनाथ पासमान र मानकी पासमानको घरमा पुगेर नगरपालिकाको तर्फबाट एक÷एक क्विन्टल चामल, दाल, नुन र तेल प्रदान गरेका हुन् । राहत वितरणको क्रममा मेयर चौधरीले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दुःखका समयमा नगरपालिका सधैं नागरिकसँगै रहने बताएका थिए ।
रामनाथ पासमानको करिब नौ वर्षअघि कतारमा भएको दुर्घटनामा परेर मृत्यु भएको थियो । उक्त दुर्घटनापछि उहाँ लामो समयसम्म ह्वीलचेयरमा रहेका थिए । स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि केही वर्षयता उपचारको क्रममा रहँदै आएका रामनाथको केही दिन अघि निधन भएको हो । परिवारमा अहिले सन्तानहरू मात्र रहेका छन्, जसको आर्थिक अवस्था नाजुक रहेको बताइएको छ ।
त्यस्तै सोही वडा अन्तर्गत मल्हन स्थित मुसहरी टोलका शिव सदायको परिवारलाई पनि खाद्यान्न सहयोग गरिएको छ । मेयर चौधरीको टोलीले सदाय परिवारलाई एक क्विन्टल चामल, दाल, नुन र तेल हस्तान्तरण गरेको हो । शिव सदाय केही समयअघि दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । उनको दुवै खुट्टा भाँचिएको छ र हाल उपचाररत छन् ।
राहत वितरणका क्रममा मेयर चौधरीले भने, “नगरपालिका आफ्नो नागरिकको सुखदुःखमा सधैं सहभागी हुनेछ । कुनै पनि नागरिक एक्लो छैनन्, हामी सबैको साथमा नगरपालिका छ ।” उहाँले आगामी दिनमा अशक्त, विपन्न तथा दुर्घटनाग्रस्त परिवारलाई पहिचान गरी नियमित सहयोग पुर्याउने प्रतिबद्धता समेत जनाए ।
खाद्यान्न वितरण कार्यक्रममा वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि तथा समुदायका अगुवाहरूको पनि सहभागिता रहेको थियो । स्थानीयवासीहरूले मेयर चौधरी र नगरपालिकाको पहलप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विपन्न परिवारलाई ठूलो राहत मिलेको बताएका छन् ।
लहान नगरपालिकाले पछिल्ला महिनाहरूमा विभिन्न वडामा आगलागी, रोग, दुर्घटना तथा विपत्तिबाट प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा र उपचार सहयोग गर्दै आएको छ । मेयर चौधरीले नागरिकका हरेक समस्यामा साथ दिने र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
संगठित कुशवाहा, समृद्ध समाजको नारासहित सिरहामा १०औं जिल्ला अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा अशोक कुमार
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic