ताजा समाचार

कटहरिया–गरुडा सडक जीर्ण, खाल्डाखुल्डीले यात्रु सास्तीमा; सम्बन्धित निकाय मौन

  • असोज २७, २०८३
  • ९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गाउँमा सडक जीर्ण बन्दा स्थानीयवासी तथा यात्रुहरू सास्ती खेप्न बाध्य भएका छन् । कालोपत्रे गरिएको लामो समय नभए पनि सडकका विभिन्न स्थानमा खाल्डाखुल्डी परेका छन् ।

यसले दैनिक आवतजावत गर्ने सवारीसाधन तथा यात्रुहरूलाई समस्या भइरहेको स्थानीयको गुनासो छ । वर्षायाममा सडक हिलाम्मे हुँदा आवागमन थप कठिन हुने गरेको छ भने दुर्घटनाको जोखिमसमेत बढेको छ । स्थानीयवासीका अनुसार कटहरिया र गरुडा नगरपालिका जोड्ने यो सडक दैनिक रूपमा व्यस्त रहने गरेको छ । दुई पालिकासहित अन्य स्थानलाई जोड्ने यस सडकबाट सर्वसाधारणदेखि जनप्रतिनिधि तथा प्रदेश सरकारका मन्त्रीहरूसमेत आवतजावत गर्ने गर्छन् ।

तर, सडकको दयनीय अवस्थाप्रति सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको उनीहरूको आरोप छ । स्थानीयले पटक–पटक आवाज उठाउनुका साथै सञ्चारमाध्यममार्फत सडकको समस्या सार्वजनिक गर्दा पनि सुधार हुन नसकेको गुनासो गरेका छन् । सडकको मर्मतका लागि सडक डिभिजन कार्यालय तथा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आवश्यक पहल गर्नुपर्ने उनीहरूको माग छ ।

सडकका खाल्डाखुल्डी पुर्न र आवश्यक स्थानमा ग्राभेल राखेर तत्काल मर्मत गर्न सकिने भए पनि सम्बन्धित निकाय उदासीन बनेको स्थानीयको भनाइ छ । स्थानीयवासीले कटहरिया–गरुडा सडकखण्डको अवस्थालाई गम्भीरतापूर्वक लिँदै तत्काल मर्मतसम्भार गरी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤