Siraha Times
ताजा समाचार

धार्मिक स्थलमै कुटपिट : महन्थ घाइते, चार युवक नियन्त्रणमा

  • असोज २३, २०८२
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल राइन लहान, २३ असोज । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुर कुटी चौकस्थित रामजानकी कुटीमा गए राति भएको कुटपिट घटनामा महन्थ श्री महन्थि दास घाइते भएका छन्। प्रहरीका अनुसार बुधबार राति करिब २ बजे गाँजा सेवन गर्ने चार जना युवाहरू कुटीमा पसेर महन्थमाथि आक्रमण गरेका हुन्।

घटनापछि गम्भीर रुपमा घाइते भएका महन्थलाई तत्काल उपचारका लागि जिल्ला प्रादेशिक अस्पताल सिरहा लगिएको छ। चिकित्सकहरूले उनको अवस्था मध्यम रहेको जानकारी दिएका छन्। सिरहा प्रहरीले घटनापछि तत्कालै चारै युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। “समाजमा असामाजिक गतिविधि बढ्न नदिन प्रहरीले कडाइका साथ कारबाही गर्नेछ,” जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन्।

स्थानीयवासीले धार्मिक स्थलमै मदिरा तथा गाँजा सेवन गर्ने युवाहरूको गतिविधि बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यसरी धार्मिक स्थललाई नै असुरक्षित बनाइने कार्यप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रहरी प्रशासन र सम्बन्धित निकायलाई कठोर कदम चाल्न आग्रह गरेका छन्। समुदायका अगुवाहरूले युवाहरूमा बढ्दो नशा–प्रवृत्तिले समाजलाई गलत दिशामा धकेलिरहेको भन्दै समयमै नियन्त्रण नगरे ठूलो संकट निम्तिन सक्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार, गाजेरीको ताण्डवले मात्र धार्मिक स्थल होइन, सामाजिक सद्भाव र संस्कृतिलाई समेत असर पार्न थालेको छ।

यस घटनाले समाजका धार्मिक तथा सामुदायिक स्थलहरूको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न खडा भएको छ। प्रहरी प्रशासनले भने आगामी दिनमा यस्ता असामाजिक गतिविधि रोक्न थप गस्ती र निगरानी बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१