Siraha Times
ताजा समाचार

सिरहाको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित तीन जना पक्राउ

  • असोज २६, २०८२
  • ७४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये दुई जनालाई गोलबजार र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय गोलबजार र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले असोज २५ गते राति करिब १० बजेर ५० मिनेटमा गोलबजार नगरपालिका–६ दुर्गा मन्दिर स्थित मेनचोकबाट गुम्बा चोकतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको ँमोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको पदार्थको तौल प्लास्टिक सहित १७ ग्राम ५४० मिलिग्राम र प्लास्टिक बाहेक १५ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ।
सोही क्रममा प्रहरीले मोटरसाइकल चालक गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका २९ वर्षीया सुनिल साह र पछाडि सवार धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टीका २४ वर्षीया विष्णुदेव यादवलाई नियन्त्रणमा लिएको हो।
बरामद लागु औषध र मोटरसाइकल सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, सोही राति करिब ९ बजे तिर, इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७ पटेर्वा गाउँ नजिकै नेपाल–भारत सीमातर्फ लागु औषध (गाँजा) लैजाँदै गरेको समूहमाथि निगरानी गरेको थियो।
प्रहरीलाई देख्नासाथ समूहले बोकेका झोला फालेर भागेको र घटनास्थलबाट ६४.९ किलो ग्राम गाँजा प्लास्टिक सहित बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट भाग्दै गरेको अवस्थामा भारत बिहार राज्य मधुबनी जिल्ला जयनगर बेलही ग्राम पञ्चायत–६ बेलाका ५५ वर्षीय श्रीचन मण्डललाई पक्राउ गरिएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले दुबै घटनाबारे थप अनुसन्धान जारी रहेको र लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१