Siraha Times
ताजा समाचार

कृष्णनगरको दशगजामा बृहत सरसफाई

  • असोज २५, २०८२
  • ५८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णानगर असोज, २५ । कृष्णनगरको दशगजा क्षेत्रमा आज शनिवारका दिन वृहत सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो ।  कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल कपिलवस्तु, शान्ति पुनर्स्थापना गृह, साना हात, आशिष सामाजिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर, लगायत विभिन्न संघ संस्था र स्थानीयबासीको सक्रियतामा  सरसफाई गरिएको हो । सरसफाई सबैको साझा दायित्व हो भन्ने भावनाको बोध गराउन दशगजा क्षेत्रमा सरसफाईको अभियान थालिएको वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो ।

सरसफाई अभियानमा बजारबासीले पनि साथ दिएका थिए । सामाजिक काममा हाम्रो पूर्ण साथ रहने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक ईश्वर लौडारीले बताउनुभयो। सरसफाई लगाएत अन्य सामाजिक तथा सांस्कृतिक लगायत विभिन्न कार्यमा सशस्त्र प्रहरी बल सधै अगाडि रहने सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीले बताउनुभयो। यस्तै सरसफाई अभियानमा कृष्णनगर नगरपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी,  सशस्त्र प्रहरी, भारतीय एस एस बी का जवान तथा बजारबासीको पनि साथ रहेको बताइएको छ । सरसफाई अभियान्ताहरुले दशगजा क्षेत्रमा रहेका प्लास्टिक, कागज, काठका टुक्रा लगायतका फोहर बस्तुलाई जम्मा गरी नष्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

संगठित कुशवाहा, समृद ...

सिरहा टाइम्स लहान वैशाख १ । “संगठित कुशवाहा, समृद्ध समाज” भन्ने मूल नारासहित नेपाल कुशवा ...

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१