Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टीमा वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरू, गाउँभर खेलप्रेमीको उत्साह

  • असोज २९, २०८२
  • ८८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ असोज । हिन्दुहरूको महान चाडपर्व वडा दशैं, तिहार र छठपर्वको पावन अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका अन्तर्गत वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ। गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष तनुकलाल यादवको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष केदारनाथ यादवको प्रमुख आतिथ्यमा सोमबार एक भव्य समारोहका बीच प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो।

May be an image of one or more people

यो प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोगमा र जय माँ बौकी देवी क्रिकेट टिमको आयोजनामा आयोजना गरिएको हो। उद्घाटन समारोहमा प्रमुख अतिथि अध्यक्ष यादवले खेलकुद युवाहरूको प्रतिभा विकास गर्ने माध्यम भएको बताउँदै प्रतियोगितामार्फत युवा पुस्तामा आपसी एकता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना जागृत हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाले खेलकुदका माध्यमबाट युवा सशक्तीकरण र समाजिक सद्भाव प्रवर्द्धन गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

May be an image of one or more people, people playing soccer, people playing football and grass

विशिष्ट अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत राजीव झा, वडा अध्यक्ष संजय यादव, शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले खेलकुदले युवाहरूलाई अनुशासन, नेतृत्व क्षमता र सामुदायिक एकतामा जोड्ने बताउँदै यस्ता कार्यक्रमले गाउँमा सकारात्मक वातावरण सिर्जना गर्ने अभिव्यक्ति दिए।

उद्घाटन खेलमा जय माँ बौकी देवी क्रिकेट टिम र युवा स्टार टिमबीच प्रतिस्पर्धा भएको थियो। खेलमैदानमा स्थानीय बासिन्दा, विद्यार्थी तथा खेलप्रेमीहरूको बाक्लो भीड देखिएको थियो। प्रतिस्पर्धात्मक खेलले सबैको ध्यान आकर्षित गरेको थियो।

आयोजक समितिका अनुसार प्रतियोगितामा गाउँपालिकाका सबै वडाबाट टिमहरूले सहभागिता जनाउनेछन्। विजेता टिमलाई आकर्षक ट्रफी, मेडल तथा नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता आगामी केही दिनसम्म निरन्तर सञ्चालन हुने र अन्तिम दिन भव्य समापन समारोहसहित पुरस्कृत गरिने बताइएको छ।

स्थानीयवासीहरूका अनुसार गाउँस्तरमै आयोजना गरिएको यो प्रतियोगिताले गाउँका युवामा नयाँ उत्साह र जोश भरिदिएको छ। चाडपर्वको रमाइलो माहोलमा आयोजना गरिएको टी–२० क्रिकेट प्रतियोगिता खेलप्रेमीहरूका लागि मनोरञ्जन र एकताको प्रतीक बन्न पुगेको छ।

प्रतिक्रिया दिनुहोस

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१