लहानमा जेन-जी आन्दोलनका क्रममा नष्ट भएका कार्यालयहरू क्रमशः पुनः सञ्चालनमा, करिब २० करोड बढीको क्षति

  • असोज २९, २०८२
  • २९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २९ असोज । सिरहाको लहानमा गत भदौ महिनाको २३-२४ भएको जेन–जी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनाबाट करिब २० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। आन्दोलनको शान्ति पुनःस्थापना भएपछि स्थानीय तह, प्रशासन र सुरक्षातहको संयुक्त पहलमा ती कार्यालयहरू क्रमशः पुनः सञ्चालनमा आएका छन्। सोमबार लहान नगरपालिकाका मेयर महेश चौधरी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख, इलाका प्रहरी कार्यालयका डिएसपी, सशस्त्र प्रहरीका निरीक्षकलगायतको टोलीले ती क्षतिग्रस्त कार्यालयहरूको अनुगमन निरीक्षण गरेको छ।

May be an image of one or more people, beard and people smiling

अनुगमनको क्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लहान शाखा सबैभन्दा बढी प्रभावित देखिएको छ। आन्दोलनकारीहरूले कम्पनीमा तोडफोड गर्दै ३२२० क्विन्टल चिनी र ८००० क्विन्टल चामल लुटपाट गरेका थिए। ती मध्ये हालसम्म ३.५ प्रतिशत मात्र सामग्री फिर्ता आएको छ। कम्पनीका अनुसार यस घटनाबाट करिब ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ। भवन, गोदाम र उपकरणहरूमा आगलागीका कारण ठूलो आर्थिक नोक्सानी भएको हो। नगरपालिकाले तत्काल सहयोगस्वरूप कम्प्युटर, प्रिन्टर र केही फर्निचर उपलब्ध गराएको छ।।

त्यसैगरी, नापी कार्यालय लहानमा पनि जेन–जी आन्दोलनको क्रममा आगलागी र तोडफोडबाट करिब १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। कम्प्युटर, मोटरसाइकल, सर्भर, ब्याट्री लगायतका सामग्री जलाइएका र केही चोरी भएको नापी कार्यालय स्रोतले जनाएको छ। हाल मर्मतपछिको अवस्थामा नक्सा प्रिन्ट, पल्ट नामसारीलगायतका आंशिक सेवा पुनः सञ्चालनमा आएका छन्।।

May be an image of ‎one or more people and ‎text that says '‎गातायातमन्म्रालय ن न्त्रालय यातायात वयवस्था का्यलय, लहान नागरिक वडापत्र अरमतथा यातायात क्षतिपर्ति क्षतिपर्तिसहित साहत 연비방방" H Mu imetemp உி்சச்ச..்.. فعلارواهر MIAH राजेका‎'‎‎

यातायात व्यवस्था कार्यालय लहान पनि आन्दोलनको ठूलो निशानामा परेको थियो। कार्यालयका सवारीसाधन, कम्प्युटर र अभिलेखहरू जलेर नष्ट भएका थिए। यस कार्यालयमा करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढी क्षति पुगेको अनुमान गरिएको छ। यद्यपि, मर्मत र पुनर्संरचनापछि अहिले नविकरण, जाँचपास, रुट परमिट र पटके सेवा सुचारु भएका छन्।।

अनुगमन टोलीले आन्तरिक राजश्व कार्यालय लहान पनि निरीक्षण गरेको थियो। आगलागी र तोडफोडबाट यस कार्यालयमा करिब ५ करोड ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ। अहिले क्वाटर भवनबाट अस्थायी रूपमा राजश्व संकलन र अभिलेख अद्यावधिकको काम सञ्चालन भइरहेको छ।।

यसैगरी, डिभिजन वन कार्यालय लहानमा पनि ठूलो क्षति भएको छ। आन्दोलनकारीहरूले कम्पाउण्ड वाल भत्काउने, कम्प्युटर, प्रिन्टरलगायतका उपकरण जलाउने, साथै कार्यालयमा राखिएका स्कुटी, मोटरसाइकल, गाडी र काठमा आगो लगाएका थिए। यस कार्यालयमा करिब ९५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। तथापि, अहिले वन कार्यालय पूर्ण रूपमा सञ्चालनमा आएको छ।।

May be an image of one or more people, people studying and text

त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालय लहानमा पनि आगलागी र तोडफोडबाट २६ लाख ५ हजार २४९ रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ। कार्यालयका केही अभिलेख जलेका थिए, तर मर्मत र सहयोगपछि अहिले यो कार्यालय पनि नियमित रूपमा सञ्चालनमा आएको छ।। अनुगमनपछि मेयर महेश चौधरीले भने, “जेन–जी आन्दोलनका क्रममा लहानका सरकारी कार्यालयहरूमा भएको क्षति अत्यन्तै दुःखद् छ। स्थानीय सरकारले आवश्यक सहयोग गर्नेछ र जनसेवा निरन्तर सुचारु रहोस् भन्ने हाम्रो प्राथमिकता हो।”।

अनुगमनमा सहभागी इलाका प्रशासन र सुरक्षा निकायका अधिकारीहरूले पनि जनसेवा प्रभावित नहोस् भनेर आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय प्रशासनका अनुसार हालसम्म सबै प्रमुख कार्यालयहरू आंशिक वा पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन्, तर अभिलेख व्यवस्थापन, भौतिक संरचना र डिजिटल उपकरण मर्मतका लागि अझै ठूलो बजेट आवश्यक छ। लहानका नागरिकहरूले सेवाहरू पुनः सुचारु भएकोमा राहत महसुस गर्दै तत्कालीन घटनाको छानबिन र क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा व ...

रहमुल लहान २९ असोज । हिन्दुहरूको महान चाडपर्व वडा दशैं, तिहार र छठपर्वको पावन अवसरमा सिरहाको सखुवानन ...

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१