ताजा समाचार

रकमको बलमा सनाखत नामसागरी गरेर मोटाउदै गए अधिकृत रामसुन्दर महतो

  • असोज २२, २०८३
  • १०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको कालाकर्तुत बाहिर पुनः छताछुल्ल हुन थालेको छ । यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त अधिकृत महतोले हजारौं सनाखत नामसारी गरेको भए पनि दर्जनौ प्रमाणहरु यस अनलाईन सँग सुरक्षित रहेको छ ।

भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत महतोले यातायात निर्देशिकालाई कुनै किसिमको पालना नै नगरी कार्यालयमा न सवारी आउँछ, न खरिदकर्ता, न विक्रीकर्ता आउँछ, तैपनि रकमको बलमा सनाखत नामसारी गर्दै आएका छन् । नारायणघाट, चितवन, हेटौंडा, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसन साहुहरु सँग बिचौलियाहरु मार्फत समन्वय गरी अधिकृत महतोले सनाखत नामसारीको प्रति ब्लुबुकमा २ हजार देखि ३ हजार सम्म असुलेर गर्ने गरेको समाचार स्रोतले जनाएको छ ।

सनाखत नामसारीबाट करोडौं कमाउन सफल व्यक्तिको रुपमा चिनिएका अधिकृत महतोले वीरगंज यातायात कार्यालयमा वर्षौ देखि अडा जमाएर बस्दै आएका छन् । सनाखत नामसारी कानुन बिपरितका कार्यहरु रहेको हुनाले अधिकृत महतोले ढाडामा नचढाई ब्लुबुकमा मात्र सही गरी बिचौलियाहरुलाई फर्काउने गरेको स्रोतको कथन रहेको छ । पछि सोही नम्बरको गाडी पुनः नामसारी हुन आएमा मोटरसाईकल फाँटका अधिकृतहरुले ढाडा हेर्दा ढाडामा नरहेको हुनाले भुलवस छुटेको भन्दै २ हजार देखि ३ हजार सम्म लिई ढाडामा चढाउने गरेको ती स्रोतको भनाई रहेको छ ।

अधिकृत महतोले न सवारी, न गाडीधनी, न खरिदकर्ता कसैले कार्यालयमा नआए पनि बिचौलिया मार्फत दाम लिएर सनाखत नामसारी गरेको थप एउटा अर्को प्रमाण प्रस्तुत गरेका छौं । ना ४४ प २६५४ नम्बरको मोटरसाईकल सवारीलाई २०८२/३/३१ गतेका दिन चितवन जिल्ला माडी–७ निवासी समिर रानाभाटको नाममा सनाखत नामसारी भएको पाईएको छ । जुन ढाडामा उल्लेख नरहेको स्रोतले जनाएको छ ।

सनाखत नामसारी गरेर बदनामी कमाएका अधिकृत महतोले हजारौं सनाखत नामसारी गर्दा प्रायःको ढाडामा उल्लेख नरहेको र हाल दैनिक करिब ५÷६ जना सेवाग्रहीले सो प्रकृतिका ब्लुबुक लिएर यातायात कार्यालय वीरगंजमा पुनः नामसारीको लागि आउंदा अधिकृत महतोले मेरो सही नै होईन भन्दै थप पिडा दिई फर्काउने गरेको स्रोतले जनाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को ११.१.८ मा सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ ।

सवारी धनीले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुबै पक्षको रोहबरमा निम्न अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्नेछ । नियमावलीको अनुसुचि –१२ को ढांचामा निवेदन फारम भरी रु. १० को टिकट टांसी कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ ।

सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडि सवारी धनी कार्यालयमा उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा ल्याप्चे सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मोनासिव लागेको खण्डमा सम्बन्धित फाँंटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरि दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र नामसारी गर्न सकिने व्यवस्था रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले अधिकृत महतो माथि सनाखत नामसारी देखि लिएर राजस्व छली सम्मको सन्दर्भमा छानबिन प्रक्रिया अगाडि बढाईराखेको अवस्थामा करिब एक हप्ता अगाडि हेटौंडाको टोलीले वीरगंज यातायातमा आई अधिकृत महतोको राष्ट्रिय परिचयपत्रको फोटो कपी, खाता नम्बर लगायतका आवश्यक कागजातहरु लगे पनि तीब्र गतिमा कारवाही प्रक्रिया नटुङ्गयाउंदा अधिकृत महतोबाट पिडित सेवाग्रहीहरु असन्तुष्ट रहेको कार्यालय स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤