​सिरहामा 'प्रभास सिंह राजपूत' को समूहद्वारा पाँच दलित परिवारको घर तोडफोड, पीडित बिचल्लीमा

  • असोज १८, २०८२
  • ६८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल, असोज १८ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका-८, अरङ्ग गाउँमा स्थानीय प्रभावशाली व्यक्तिको समूहले पुरानो रिसइबी साँधेर पाँच दलित परिवारको घर तोडफोड तथा बालीनाली नष्ट गरिदिएको छ । 

यस घटनाका कारण पीडित परिवारहरू बिचल्लीमा परेका छन् । ​ ​स्थानीय सांस्कृतिक कार्यक्रमलाई लिएर पुरानो रिस फेर्दै ३५ वर्षीय प्रभास सिंह राजपूत सहितका स्थानीयको समूहले यो जघन्य कार्य गरेको हो । उनीहरूको टोलीले ७० वर्षीय वृद्ध विन्दे पासवान लगायत पाँच दलित परिवारको घरमा तोडफोड गरेको छ । ​पीडित परिवारहरूले नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक पोखरीको डिलमा घर बनाएर बस्दै आएका थिए । राजपूतको टोलीले घर मात्र नभई बारीमा रहेको केरा बगान, मेवाका बोट, कागती लगायतका बोटबिरुवा पनि काटेर नष्ट गरिदिएका छन् ।

​स्थानीयस्तरमा निकै प्रभावशाली कहलिएका प्रभासको समूहले दादागिरी शैलीमा पीडित परिवारको खानेपानीको नलसमेत तोडेको छ । यति मात्र नभई, घरमा भएका चामल र अन्य खाद्यान्न समेत पोखरीमा फालिदिएर मानवीय संवेदनशीलतामाथि चोट पुर्‍याएका छन् । ​वर्षाको समयमा घर भत्किएपछि ती दलित परिवारहरू अहिले आश्रयविहीन भई बिचल्लीमा परेका छन् । ​ ​दलित परिवार बिचल्लीमा परेको जानकारी पाएपछि स्थलगत निरीक्षणमा पुगेको प्रशासनिक टोलीले तत्काल एक थान त्रिपाल उपलब्ध गराएको पीडित परिवारले बताएका छन् ।

​यस घटनाका मुख्य आरोपीहरू भने फरारको अवस्थामा छन् । यद्यपि, जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गर्दा प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक वडा अध्यक्षसहित थप एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । ​सुनियोजित तवरबाट गरिएको यस घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्यका लागि अरङ्ग गाउँमा प्रहरी परिचालन गरिएको छ । घटना हुँदै गरेको अवस्थामा प्रहरी पुगेको देखिएकोले दोषीलाई कानुनी कारबाहीको माग उठिरहेको छ भने यसबारे थप अनुसन्धान हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज प् ...

वीरगंज ११ मंसिर । वीरगञ्जमा रहेकोे नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट ...

बलान विहुलमा पूर्व अ ...

रहमुल लहान मंसिर ११ । बलान विहुल गाउँपालिका १ मलहनियामा समुदाय विकासका अग्रणी, तत्कालीन गाउँ विकास स ...

लैङ्गिक हिंसा विरूद् ...

अजय मिश्र, कृष्णनगर, मंसिर १० । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१