जिल्ला सुरक्षा समितिद्वारा सिरहाका विभिन्न सिमानाका निरीक्षण

  • असोज २५, २०८२
  • ६२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया, सिरहा असोज २५। सिरहा जिल्लाको नेपाल–भारत सीमाक्षेत्रका विभिन्न नाकाहरूमा जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेको छ। समितिको टोलीले आज सिरहा नगरपालिका वडा नं. १७ को पटेर्वा स्थित कमलानदीको बोडर क्षेत्रदेखि माडर, २ नं ढाड, बुधौरा, लकडीगोठ, गढियानी, सोरहवा, इटाटार, भट्टीमोड र गागल खोलासम्मका सीमा स्तम्भ र नाकाहरूको अवलोकन गरेको हो। अनुगमनका क्रममा सीमाक्षेत्रमा हुन सक्ने तस्करी, अवैध गतिविधि र आपराधिक घटनालाई नियन्त्रणमा राख्न सुरक्षाकर्मीहरूसँग संयुक्त छलफल गरिएको थियो।

साथै बाढीबाट प्रभावित क्षेत्रका स्थानीयवासीहरूसँग समेत अन्तरक्रिया गरी समस्या र समाधानबारे सुझाव संकलन गरिएको थियो। माडर बसपार्कमा हुने अबैध यौन गतिविधि र आसपासमा हुने अनैतिक क्रियाकलाप रोक्न निर्देशन दिइएको छ भने दशगजा क्षेत्र अतिक्रमण भएको पाइएकोले सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई आदेश दिइएको छ। सुरक्षा समितिका अनुसार यस प्रकारको भ्रमणले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको मनोबल वृद्धि भएको छ र बाँकी सिमानाकाहरूमा पनि अनुगमनको निरन्तरता रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

घर–आँगनमै मधुमेह जाँ ...

रहमुल लहान, २८ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर् ...

राष्ट्रसेवक सहकारीको ...

रहमुल, लहान, २८ पुस । “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नारालाई आत्मसात गर्दै रा ...

पृथ्वीनारायण शाहको ३ ...

धर्मेन्द्र कुमार कुर्मी पुष २८। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१