Siraha Times
ताजा समाचार

हाइवे ह्याकर्स ऐसी बस कृष्णानगरमा एक कार्यक्रम बिच समुद्घाटन

  • असोज २६, २०८२
  • ७६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्रताप शाहले हाइवे ह्याकर्स ऐसी बस को रिबन काटेर समुद्घाटन गरेका छन्। कृष्णानगर देखि काठमांडौं र काठमांडौं देखि कृष्णानगर संचालनमा आज देखि आउने हाइवे ह्याकर्सका प्रोपराइटर मोती उपाध्यायले बताए। पश्बचिम नेपाल बस व्यवसायी प्रा . लि. मा दर्ता भइ आज देखि नाइटबस संचालनमा आएको पश्चिम नेपाल बस व्यवसायी प्रा . लि. कृष्णानगरका कर्मचारी निर्मल पराजुलीले जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले आधुनिक बस संचालन गरेकोमा संचालक उपाध्याय लाई व्यवसायिक सफलताको शुभकामना दिदै चालिस सिट क्षमता भएको आधुनिक बस संचालन बाट यस क्षेत्रका जनता लाई काठमांडू आवत जावतमा सहज हुने विश्वास व्यक्त गरे। बस समुद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ कृष्णानगर अध्यक्ष रितेश शर्मा ,जाबेद आलम खां, शाहिद खां, सशस्त्र का डिएसपी तुला बहादुर चौधरी, तोफेल खां, पिन्टु श्रीवास्तव, उपाध्यक्ष रविन्द्र गुप्ता लगायत विभिन्न बस व्यवसायी संघका प्रतिनिधि,होटल तथा पर्यटन व्यवसायी संघ कृष्णानगरका अध्यक्ष शिवा घिमिरे , शहबाज आलम खां, राजु धोबी र स्थानीयहरुको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१