ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. १ मा वडास्तरीय विस्तारित बैठक तथा दशैं, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। हिजो असोज ६ गते आयोजित उक्त कार्यक्रम वडाध्यक्ष चन्देश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य अशेश्वर यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै, केन्द्रीय सदस्य तथा मधेश प्रदेश मा. संजिला यादव, मधेश प्रदेश सदस्य तथा नरहा गाउँपालिका प्रत्यासी अध्यक्ष स्वास्थ्यकर्मी विजय यादव, कृषक महासंघका केन्द्रीय महासचिव उमेश्वर झा, जिल्ला उपाध्यक्ष रामदयाल यादव, जिल्ला कार्यकारिणी समिति सदस्य रामशरण यादव, आईटी सेलका केन्द्रीय सदस्य केशव सिंह, नरहा गाउँपालिका अध्यक्ष बद्री यादव, वडाध्यक्ष विलक्षण यादव तथा युवा नेता रञ्जित यादव विशिष्ट अतिथि तथा अतिथिका रूपमा उपस्थित थिए।
बैठकमा गाउँपालिका तथा वडा तहका नेता, कार्यकर्ता र पार्टीका विभिन्न तहमा आबद्ध सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीको संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले छलफल गरिएको थियो।
कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा चन्देश्वर यादवको संयोजकत्वमा ११ सदस्यीय वडास्तरीय समायोजन समिति गठन गरिएको छ। नवगठित समितिमा अध्यक्ष चन्देश्वर यादव, उपाध्यक्ष रामदयाल यादव, सचिव सुरेश साह, कोषाध्यक्ष शिवदयाल दास र सहसचिव अजय कुमार यादव रहेका छन्। त्यसैगरी, समितिका सदस्यहरूमा सूर्यदेव यादव, जगदीश सदा, रामप्रयाग यादव, रामखेलावन यादव, विभा सदा र ककुलती सदा रहेका छन्।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै पार्टीको संगठन विस्तार, सुदृढीकरण तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरिएको थियो।
बैठकसँगै आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित नेताकार्यकर्ताहरूले नेपालीहरूको महान् चाड दशैं, दीपावली तथा छठ पर्वको अवसरमा एकअर्कालाई शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै सबैले हर्षोल्लासका साथ पर्व मनाउनुपर्ने सन्देश दिएका थिए।
कार्यक्रममा सहभागीहरूले ईश्वरले सबैलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा धनधान्य प्रदान गरून् भन्ने कामनासहित शुभकामना आदानप्रदान गरेका थिए। वडास्तरीय विस्तारित बैठक, समायोजन समिति गठन तथा शुभकामना आदानप्रदानसँगै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved