Siraha Times
ताजा समाचार

सम्माननीय उपराष्ट्रपतिज्यूबाट रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) २०८१ को शुभकामना

  • भदौ ३, २०८१
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ ०३ । नेपालमा परापूर्व कालदेखि मनाईदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी), गुँ:पुन्हिको शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

श्रावण पूर्णिमाका दिन अत्यन्तै हर्षोल्लासका साथ यो पर्व मनाईन्छ । यो पर्व भूगोल, भेग, क्षेत्र र समुदायगत रुपमा फरक–फरक नामले मनाईए पनि यसको महत्वपूर्ण उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोगभाव उत्प्रेरित गर्नु नै हो । तराई–मधेशमा मधेशी लगायतका समुदायले रक्षाबन्धन अर्थात् राखी त्योहारका रुपमा यो पर्व मनाउँछन् । यसो त, मधेशी संस्कृतिमा भाइ–बहिनीको अमर प्रेमको प्रतीकका रुपमा मनाइने पर्वहरुमा राखी, भैयादूज (भ्रातृद्वितिया) र सामा चकेवा रहेका छन् । लोकपर्वकै रुपमा स्थापित राखी पर्वमा दिदीबहिनीले दाजुभाइलाई नाडींमा रक्षासूत्र (रिखीडोरो) वा राखी बाँध्ने गर्छन् । यसो गर्नुको मूल उद्देश्य– भाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्नु तथा दिदीबहिनीको रक्षा गर्नु हो । 

May be an illustration of text

रक्षाबन्धन पर्व मनाउँन दिदीबहिनी माइती जाने वा दाजुभाइ दिदी बहिनीको घर जाने चलन छ । यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई औक्षण गर्दै निःस्वार्थ भावले रक्षासूत्र बाँधेर नमस्कार गर्छन् । त्यसपछि दाजुभाइले दिदीबहिनीलाई आ–आफ्नो गच्छे अनुसारको सात्विक उपहारहरु प्रदान गर्दै आशिर्वाद दिने र एकअर्काका लागि प्रार्थना गर्ने परम्परा छ । 

वैदिक सनातन वर्णाश्रम धर्म मान्नेहरु अर्थात् जनै लगाउनुपर्नेहरुले श्रावण पूर्णिमामा आफ्ना पुरानो जनै (यज्ञोपवीत) फेर्ने गर्छन् । यो पर्वमा गुरु/पुरोहितहरुले मन्त्र साधना गरी भयबाट रक्षा हुने धागो बाँधिदिने चलन छ । खासगरी, ब्राह्मणहरुले धागोमा रक्षा मन्त्रले साधना गरी सर्वसाधारणमा पुरुष भए दाहिने नाडीं र स्त्री भए देब्रे नाडींमा डोरो बाँधि दिने गर्दछन् । यो पर्व सप्तऋषि एवं पूर्वजहरुको पूजा तथा तर्पण दिनका लागि पनि महत्वपूर्ण मानिन्छ । 

नेपालका नेवार समुदायले यो पर्वलाई ‘गुँ:पुन्हि’ को रुपमा मनाउँछन् । यो समुदायमा गुँ:पुन्हिमा नौ किसिमका गेडागुडीको क्वाँटी पकाएर, गहुँको पीठोको रोटी पोलेर देवदेवीलाई चढाई परिवारका सदस्यहरु मिलेर खाने चलन छ । यसैगरी, यो समुदायले आफ्नो जीवनमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सबै प्राणी/वस्तुलाई तिनको सदासयता सम्झी पूजा गर्ने चलन पनि छ । साथै विभिन्न कुण्डहरुमा जात्रा/मेलाको परम्परा रही आएको छ । अन्त्यमा, नारी र पुरुषको समानताको यो पर्वले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुत गतिले लम्कन सफल होस् , समृद्ध नेपालको परिकल्पना साकार होस् भन्ने हार्दिक शुभकामना पनि दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१