ताजा समाचार

सखुवानन्कारकट्टीमा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण जनचेतना कार्यक्रम सम्पन्न

  • असोज २९, २०८२
  • ८६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सभा हलमा आयोजित सो कार्यक्रम जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनन्त राज शर्माको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष केदारनाथ यादव रहेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी र सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सबैले लागुऔषध दुरुपयोग नियन्त्रण गर्न स्थानीय तहदेखि समुदायस्तरसम्म एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे। उनीहरूका अनुसार, लागुऔषध दुरुपयोगले विशेष गरी युवापुस्तालाई प्रभावित पार्दै समाजमा अपराध, अशान्ति र विघटन बढाइरहेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उहाँले भन्नुभयो, “गाउँपालिकाको नेतृत्व जनचाहना अनुसार अघि बढ्नेछ, लागुऔषध नियन्त्रणका लागि आवश्यक सबै पहल गर्न तयार छौं।”

प्रहरी प्रमुख एसपी शर्माले पनि नागरिक समाज, अभिभावक र युवा वर्गबीच आपसी समन्वय र सचेतना नै लागुऔषध नियन्त्रणको मूल उपाय भएको उल्लेख गर्दै समुदायस्तरमै सजगता बढाउन आग्रह गरे। कार्यक्रमले स्थानीय तह, प्रहरी प्रशासन र समुदायबीच सहकार्यमा आधारित स्थायी समाधानका प्रयासलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤