ताजा समाचार

राजदेवी पञ्चावति मन्दिरको आम्दानी–खर्च सार्वजनिक, १९ लाखभन्दा बढी बचत

  • जेठ ५, २०८३
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेष्ठ ०५ । राजदेवी पञ्चावति मन्दिर संरक्षण विकास समितिले यस वर्ष सम्पन्न राजदेवी पूजाको आम्दानी तथा खर्च विवरण सार्वजनिक सुनुवाइमार्फत सार्वजनिक गरेको छ। लहान–१५ ढोढनास्थित मन्दिर परिसरमा आयोजित कार्यक्रममा महेश चौधरी, तेजनारायण चौधरी, स्थानीय अगुवा, समितिका पदाधिकारी, सदस्य तथा पूर्व समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

समितिका अनुसार यस वर्ष राजदेवी पूजाबाट विभिन्न शीर्षकमा जम्मा ४० लाख ३५ हजार ५४५ रुपैयाँ आम्दानी भएको छ। उक्त रकममध्ये पूजा व्यवस्थापन, संरचना निर्माण, अन्य प्रशासनिक कार्य तथा ५ लाख रुपैयाँ जग्गा खरिदका लागि बेना वापत खर्च गरी कुल २१ लाख ५ हजार ८४० रुपैयाँ खर्च भएको जानकारी दिइएको छ। खर्च कटाएपछि समितिको खातामा १९ लाख २९ हजार ७०५ रुपैयाँ बचत रहेको सार्वजनिक गरिएको हो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयवासी तथा अगुवाहरूले बचत रकममध्ये कम्तीमा ४० प्रतिशत शिक्षा, जनचेतना तथा सामाजिक क्षेत्रमा लगानी गर्न सुझाव दिएका थिए। उनीहरूले धार्मिक गतिविधिसँगै समाज रूपान्तरण र युवापुस्तालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै महेश चौधरी ले राजदेवी पञ्चावति मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले मन्दिर स्तरोन्नतिका लागि नगरपालिकाबाट बजेट विनियोजन भइसकेको उल्लेख गर्दै चाँडै निर्माण तथा विकासका काम अगाडि बढाइने जानकारी दिए। त्यसैगरी वडा अध्यक्ष तेजनारायण चौधरी ले मन्दिरको संरक्षण, व्यवस्थापन तथा पूर्वाधार विकासमा वडा कार्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा समितिका पदाधिकारीहरूले पारदर्शिता र जनविश्वास कायम राख्न प्रत्येक वर्ष आम्दानी–खर्च सार्वजनिक गरिँदै आएको बताएका थिए। स्थानीयवासीहरूले पनि समितिको पारदर्शी कार्यशैलीको प्रशंसा गर्दै आगामी दिनमा धार्मिक तथा सामाजिक गतिविधिलाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

लहान-२३मा मिथिला साम ...

शियाराम यादव ,लहानअसोज-१७ । सिरहाको लहान नगरपालिका–२३, गाढास्थित मिथिला सामुदायिक सिकाइ केन्द् ...

शैक्षिक सुधारतर्फ डो ...

विनोद अविरल,​ असोज १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा रहेको डोटेल माध्यमिक विद्यालय ...

कांग्रेस केन्द्रीय स ...

ओम प्रकाश यादव, लहान, १६ असोज । नेपाली कांग्रेसका नेता तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤