Siraha Times
ताजा समाचार

माओबादी केन्द्र जनताको पक्षमा सधै रहने:- मौलाना मशहूद

  • माघ २५, २०८०
  • ११३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, माघ २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नवौं बैठक सम्पन्न भएको छ। नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कपिलवस्तु क्षेत्र नं ३ का संयोजक राजेन्द्र आचार्य, बिशेष अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कृष्णनगर इन्चार्ज मौलाना मशहूद खां नेपाली रहेका थिए।

बैठकमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले अहिले नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमंत्री भए पछि जनताको पक्षमा धेरै राम्रा काम हरू गरेको, भ्रष्टाचारि हरूलाई कार्वाहीको दायरामा लाएको, अहिले जनता माओबादी केन्द्र प्रति आकर्षित भएको र अब पार्टी देशव्यापी रूपमा सशक्त भएर जाने बताए। कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी केन्द्रका अध्यक्ष हाम्रो घरका अभिभावक जस्तै छन्, अगुवाले भनेको कुरा हामीले मान्नु पर्ने हुन्छ, नेपाली हरू विदेश पलायन हुनु अहिलेको प्रमुख चुनौतीको रूपमा रहेको, माओबादी केन्द्र पार्टी जनयुद्ध र संघर्ष पार गरेर आएको पार्टी हो तसर्थ जनताको सुख दुःखमा सधै अग्रपंक्तीमा रहने गरिएको छ।

चार महिने पार्टी जनजागरण तथा शुद्धिकरण अभियानले जनताको घरदैलोमा पुगि जनताको मन मनमा माओबादी केन्द्रको उपस्थित रहेको, मधेसी, जनजाति, आदिवासी, मुस्लिम, महिला , अल्पसंख्यक लगायतको हक अधिकार दिलाउन पार्टीको भूमिका अविस्मरणीय रहने बताउदै फालगुन १ गते भव्यताका साथ जनयुद्ध दिवस मनाउने गरि तयारीमा जुट्न पार्टी समर्थक सम्पूर्ण लाई आह्वान गरेका थिए। कार्यक्रममा गणेश प्रसाद बन्जाडे, तुफेल आलम खां, प्रहलाद यादव, अजय कुमार गोयल, खुर्सेद आलम खां, दयानन्द त्रिपाठी लगायत पार्टी समर्थक नेता कार्यकर्ता हरूको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१