Siraha Times
ताजा समाचार

सखुवान्नकारकट्टी गाउँपालिका कार्यालय समयमा नखुल्दा सेवाग्राहीलाई मार्का

  • मंसिर २१, २०७९
  • ११४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान / २१ मंसिर । सिराहाको दक्षिणी सीमावर्ती लहानदेखि दक्षिणमा पर्ने सखुवान्नकारकट्टी गाउँ कार्यपालिकाको मंगलबार समय नखुलेपछि स्थानीय तथा सेवाग्राही आक्रोशित बनेका थियोे । कार्यपालिकाका (का.स) कार्यालय सहयोगी श्याम यादवले पछिल्लो समयमा पनि कहिले १०:२० , कहिले ११:०० बजे खुलेको हेर्दा सेवाग्राहीले (का.स) श्याम यादवलाई सोध्दा किन सधैं ढिलो कार्यालय खोलेको बारे सोध्दा कास श्याम यादवले आवेशमा आएर "तिमीहरुलाई" जे गर्नु छ गर्नु - यो सधैं ढिलो खुल्छन। भन्ने भिडियो सहितको प्रमाण सुरक्षित छ। यी र यस्ता बेतिथि बोकेका कार्यपालिका कर्मचारीले समाज र जनताका लागि के सेवा पुर्याउँछ स्पष्ट अनुमान लगाउन सकिन्छ । यता, पालिका अध्यक्ष केदारनाथ यादवका अनुसार हुन सक्छ कहिलेकाही ढिलो गरि खुलेको होला। तर, खासै हाम्रो पालिका समयमै खुल्ने गरेको बताएका छन। जनतालाई छिटो छरितो सेवा दिन पालिका कर्मचारी समयमा आउने गरेको बताए ।

स्थानीय युवा गुरुदेव यादवका अनुसार सेवाग्राही लगायत पालिकाका कर्मचारी समेत मेनगेट खुल्ने पर्खाइमा सेवाग्राही लगायत कर्मचारी जताततै बस्न बाध्य भएका हुन्छ । "उनका" अनुसार- हाम्रो घर पालिका नजिक भएकाले हामी घर जाने बेला पालिका मेनगेट निर पुग्दा सेवाग्राही तथा कर्मचारीलाई प्रतिक्षामा देखिएपछि का. स. श्याम यादवलाई सोध्दा सधै यस्तै रबैया किन ? साधारणतया "मैले का.स लाई सोधेँ सर तपाईंको समय यहीँ हो र त्यति भन्दैमा गाउँपालिकाको का. स श्याम यादवले मलाई भन्न थाल्यो जवाफमा : का. स. श्याम यादवले धाक धम्कीका साथ जवाफ दिन्नुहुन्छ तपाईं को हो मलाई सोध्ने व्यक्ति ? र कसले मलाई के गर्न सक्छ । मैले तपाईलाई तपाई भन्ने तर तपाईंले मलाई त भनेको हो । अब बिचार गर्नुपर्ने यो छ कि गाउँ पालिकाको परिसरमा वडा न. ४ को कार्यालय पनि रहेको छ। जबकि मेनगेट जब सम्म खुल्दैन तबसम्म कसैले पालिका छिर्न सक्दैन। न त वडा कार्यालय अब प्रस्टै छ का. स यति ढिला छ भने बरिस्ठ कर्मचारी कति ढिलो आउदै होलान् त। त्यति मात्रै हैन हामी जनताले तिरेको करबाट लिएको गाडी समेत दुरुपयोग हुने गरेको उनलेे बताए ।आफन्त लगायत कर्मचारी आफू समेत आफ्नो घरको कामकाज मा प्रयोग गरि बिना हेल्मेट गाडीको दुरुपयोग गरेको देखेको हो यस्ता समस्या धेरै नै मैले नोटिस गरेको हो तर आजसम्म कसैको ध्यान नगएको लगायत जस्ता यादवले टिप्पणी गरेका छन।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१