Siraha Times
ताजा समाचार

कम्पनीले कतार बाहिर जान नपाउने गरी काममा लगाएका सात नेपालीको उद्धार

  • चैत २७, २०७४
  • ७९७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

कतार/ कतारको स्विस इन्जिनियरिङ फर कन्ट्र्याक्टर (डब्लुएलएल) कम्पनीमा कार्यरत सात जना नेपालीलाई नेपाली दूतावासको प्रयासमा नेपाल फर्काइएको छ । जीतबहादुर बिक, हरिकुमार थापा, श्याम केवट, गिरीराज पंगेनी, श्यामलाल राना, रामकृष्ण गुरुङ र कृष्णबहादुर दर्जीलाई दूतावासले नेपाल फर्काएको हो । उनीहरुलाई यो कम्पनीले फकाएर खाली कागजमा सही गर्न लगाएको र पछि त्यही खाली कागजमा ९ हजार रियाल बुझेको भनी भरपाई गराएको थियो । त्यही भरपाईको आधारमा कम्पनीले उनीहरुलाई अदालतमा मुद्दा हालेको दूतावासले जारी विज्ञप्तीमा उल्लेख छ । साथै कम्पनीले उनीहरुलाई कम्पनी छाडेर भागेको आरोपमा प्रहरीमा उजुरी गरेर कतार बाहिर जान प्रतिबन्ध लगाएको थियो ।

नेपाली दूतावासको पहलमा कतार सरकारले त्यसरी मुद्दामा परेका सात जनालाई विशेष निर्णय गरी घर जान पाउने अनुमति जारी गर्न निर्देशन दिएको हो । पीडित कामदारलाई गएको शुक्रबार उद्धार गरी नेपाल फर्काइएको छ । दूतावासले यो कम्पनीमा कामदार पठाउन रोक्न र आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१