Siraha Times
ताजा समाचार

२६ गते देखी प्रथम सुखीपुर नगर महोत्सव

  • चैत २६, २०७४
  • ११७५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सुखीपुर, चैत २७ । सिरहाको सुखीपुर नगरपालिका ८ सुखीपुर बजारमा यही चैत २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रथम सुखीपुर नगर महोत्सवमा चर्चित कलाकारहरु आउने भएका छन् ।
महोत्सवमा नेपाली मैथिली क्षेत्रमा ख्याती प्राप्त गायक, संगितकार, हास्यव्यंग्य र मिथिला हस्तकारका क्षेत्रका कलाकार आफ्नो प्रस्तुतिका लागि आउने महोत्सव मूल समितिका संयोजक एवं कार्यक्रम संयोजक वीपी भुवन यादबले जानकारी दिएका छन् ।
सुखीपुर नगरपालिका बिना कारण नेपाल सरकारले गाउँपालिकामा परिवर्तन गरेपछि यहाँका युवाहरु विभिन्न प्रकार दवाबमूलक आन्दोलन गदै अन्तमा आमरण अनशनमा बसेपछि पुन सुखीपुरलाई नगरपालिकामै राखेपछि संघर्षबाट प्राप्त उपलब्धिलाई यादगार बनाउनका लागि गर्न लागिएको महोत्सवमा विभिन्न गीत संगीत, कला प्रदर्शनी, काला कार्यशाला, हस्तकाला प्रदर्शनी, अरिपन प्रदर्शनी, नृत्य, स्वास्थ्य शिविर, सस्तो बजार, मिथिला खानपान, रमाईलो मेला र नगर स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । महोत्सवमा कला क्षेत्रका लोकप्रीय वरिष्ठ गायकहरुमा गुरुदेव कामैत, धिरेन्द्र प्रेमर्शी, राज कुमार यादब, डा। अभाष लाभ, रुपा झा, संजय यादब, प्रिती झा, अन्जु यादब, दिपक शर्मा, शावण कुमार, कमल मण्डल, सानु माया यादब, श्याम सुन्दर यादब, ज्योती प्रकाश, अस्मीन राज भण्डारी, राजन पन्त, मिथिला देवी, विनोद गुप्ता, नर बहादुर वि।क, प्रमिला परियार, रिता मान्धर, हरिओम मेहता, प्रितम थापा, हरेराम यादब, संजित झा, पुनम दास, र रन्जु यादब लगायतका कलाकारहररु आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१