Siraha Times
ताजा समाचार

दलित भुमिहिन परिवारलाई आर्थिक सहयोग

  • भदौ २८, २०७६
  • १९९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २८ , भदौ सामाजिक कार्यमा निश्वार्थ सहयोग गर्दै आईरहेको सिरहाका एक संस्थाले आज भारतको भुमिहिन, गरिब , पिडित एक जना घरपरिवारलाई आर्थिक सहयोग गरेको छ । रजक सेवा समाज गुरुपले शनिबार भारतको जिल्ला मधुवनी बिहार कुमरखत पुर्नि पञ्चायत वाड नं. २ टोल महुलीयाका रामपुकार साफिलाई आर्थिक सहयोग गरेको संस्थाका संस्थापक हरेराम साफिले जानकारी दिनुभयो । चार छोरी र एक छोरा रहेको पिडित रामपुकार साफीको आर्थिक अबस्था कमजोर रहेको कारण बाल बालिकालाई पठन पाठनमा सहयोग पुग्ने उदेश्यले घरमुलीका साथै उनका बालबालिकालाई कपडा , नगद नेपाली रु २० हजार सहयोग गरेको हो । पिडित रामपुकार साफिले भने करिब १५ दिन भयो छोराको उपचारमा ३ लाख भन्दा बढी खर्च भएपनी २७ दिन नपुग्दै एउटा मेरो दुधे बालक बाचेन त्रृmण कर्जा भैसकेको छ सहयोगको यो पैसाले केही राहत मिल्ने भन्दै खुसी ब्यक्त गरे । ९ जना सदस्य रहेको साफिले परिबारको पेट पाल्नका लागी दैनिक रुपमा मजदुरी गरिरहेको छ । दलित समुदाय अन्तर्गत धोबी जातिलाई उत्थान गर्न रजक सेवा समाज गुरुपले बिगत २०१९ देखि निश्वार्थ रुपमा बिभिन्न खालका सामाजिक कार्यहरु गर्दै आईरहेको छ । मलेशिया , कतार , दुबई , साउदी लगायतमा रहेको बैदेशिक रोजगारमा गएका धोबी समुदायको युवाहरुको आर्थिक सहयोगमा गरुपले नेपाल , भारतमा बिभिन्न किसिमको सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१