Siraha Times
ताजा समाचार

लहान अस्पतालको जग्गामा दातापक्षको कब्जा, स्थानीय जनता आन्दोलित

  • चैत २६, २०७४
  • १५८८ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

दिनेश्वर गुप्ता लहान, २६ चैत्त । अस्पतालको लागि दिइएको जग्गा मूल्य बढेलगतै दाता परिवारले कब्जा जमाउंने प्रयासमा लागेको छ । रामकुमार उमाप्रसाद स्मारक अस्पताल निर्माणको लागि सम्झौताको आधारमा नेपाल सरकारलाई जग्गा दान गरेको भएपनि लालपुर्जामा दाताकै नाममा रहेकोले अहिले कब्जा गर्न लागिएको अस्पतालपक्षले बताएका छन् । अस्पतालको लागि निर्माण रहेको भवन अहिले जिर्ण अवस्थामा रहेकोले निकट भविष्यमा ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको कारण नयां भवन तथा दीर्घकालिन योजना निर्माणमा समस्या परेको छ । यसले प्रभावकारी सेवा र अस्पतालको सेवामा स्तर उन्नति समेतमा जटिता उत्पन गरेको छ । जग्गा अस्पतालको नाममा नभएकोले आधुनिकीकरण संरचना निर्माणमा संकट थपिएको छ । स्थानीयतहमा जनप्रतिनिधि आउंन एक दिन अगावै मुरारका परिवारले अस्पतालको जग्गामा घर निर्माणको लागि नक्शा पास गराएको लहान नगरपालिकाका मेयर मुनि साहले बताए । मेयर साहले ‘गैर जिम्मेवार जग्गा दाताको घर निर्माण कार्य रोक्नुपर्छ र उक्त जग्गा यथाशघ्रि अस्पतालको नाममा पास गर्नुपर्छ ।’ दातापक्षले अस्पताललाई जानकारी नदिई फागुन २८ गते आफ्नै निजि निर्माणका लागि शिलान्यास गरेको छ । उता, लहान ३ का वडाध्यक्ष गुरुदयाल महतोले लहान नगरपालिका कार्यालयमा जनप्रतिनिधिबीच गफ गर्दै भने ‘ अस्पतालको जग्गा हो, यसमा दतापक्षले केही समस्या गरियो भने हामी यसको विरोधमा उत्रिने तर लहान नगरपालिका यसमा पछाडि हट्नु हुंदैन ।’ स्मारक अस्पतालको लागि २०३५ भाद्र २९ गते स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र दाताद्धय दुलिचन्द शारदा र प्रमेश्वर मुरारकाबीच सम्झौता भएको हो । सोही सम्झौता अनुरुप दाता परिवारले अस्पताललाई उक्त जग्गा दिइएको हो । आज जग्गाको मूल्य बढेपछि जनताको सेवामा समर्पित अस्पताललाई हटाउंने दातापक्षको दुष्प्रयास जारी रहेको छ । यसको प्रतिकार गर्न जनता आन्दोलित छन् । दातापक्षले लहानमा अस्पताल र क्याम्पस बनाउंने नाममा तत्काल करोडौको वन फनाडी गरिएको थियो । वन फडानीका काठ दाता परिवारले भारत निकासी गरेर लहानमा व्यापार गर्दै आएका छन् । अतिबेला दाता परिवारका सदस्यहरु लहान छाडेर विराटनगर र भारतको कलकतामा उद्योग व्यापार गर्दै आएको छ । यिनीहरु लहानबाट अर्थ मजबुत गरेर अतिबेला लहानलाई नै धरापमा पार्ने योजना बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१