ताजा समाचार

कटहरियामा नेपाली कम्युनिस्ट पार्टीको ४५ सदस्यीय तदर्थ समिति गठन, नसीरुद्दीन अंसारी संयोजक

  • असोज १८, २०८३
  • ३९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। बैठकले ४५ सदस्यीय नगर तदर्थ समिति गठन गरेको छ। समायोजन बैठकबाट नसीरुद्दीन अंसारी संयोजक र राजदेव सहनी सह–संयोजक रहने गरी ४५ सदस्यीय नगर तदर्थ समिति गठन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य बिन्देश्वर यादव रहनुभएको थियो। कार्यक्रममा पार्टीका प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सदस्यलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। बैठकले नगरअन्तर्गतका वडा तहमा संगठनात्मक गतिविधि विस्तार गर्न विभिन्न नेता तथा प्रदेश सदस्यहरूलाई जिम्मेवारीसमेत तोकेको छ। जसअनुसार वडा नम्बर १, २ र ३ मा वडा सभा, बैठक तथा वडा भेला आयोजना गरी मिति तय गर्ने जिम्मेवारी प्रदेश सदस्य रामाकान्त चौरसियालाई दिइएको छ।

त्यस्तै, वडा नम्बर ४ र ५ को जिम्मेवारी पूर्व नगर उपप्रमुख तथा प्रदेश सदस्य तथा पूर्व नगर उप प्रमुख नूरजहाँ खातुनलाई दिइएको छ। उहाँले सम्बन्धित वडामा वडा भेला, बैठक तथा संगठनात्मक कार्यक्रम सञ्चालनका लागि आवश्यक समन्वय गर्ने बताइएको छ। यसैगरी नगर संयोजक नसीरुद्दीन अंसारीलाई नगरस्तरीय समन्वय तथा संगठनात्मक गतिविधिको जिम्मेवारी दिइएको छ। वडा नम्बर ६ मा नगर सह–संयोजक राजदेव सहनी, वडा नम्बर ७ मा प्रदेश सदस्य राधामोहन यादव तथा वडा नम्बर ८ र ९ मा प्रदेश सदस्य सुखल यादवलाई सम्बन्धित वडामा भेला, बैठक तथा पार्टीका कार्यक्रमको मिति तय गरी संगठनात्मक गतिविधि अघि बढाउने जिम्मेवारी दिइएको जनाइएको छ।

बैठकले वडा तहमा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै नियमित बैठक, भेला तथा संगठनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। जिम्मेवारी पाएका नेता तथा पदाधिकारीहरूले सम्बन्धित वडा कमिटी र स्थानीय नेता–कार्यकर्तासँग समन्वय गरी संगठन विस्तारको कामलाई अघि बढाउने बताइएको छ। नवगठित नगर तदर्थ समितिले पार्टीको संगठन विस्तार, वडा तहमा कमिटी गठन तथा पार्टीका निर्णय र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ। प्रमुख अतिथि केन्द्रीय सदस्य, प्रदेश, जिल्ला तथा नगर तहका नेता–कार्यकर्ताको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको नगर संयोजक नसरुदिन अंसारीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहाको सरे खोलामा व ...

​बिनोद अविरल, सिरहा असोज १८ । ​वर्षौंदेखि सास्ती र कठिनाइ भोग्दै आएका सिरहाका स्थानीयवासीका लागि खुस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤