ताजा समाचार

डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार र संगठित अपराधका फरार प्रतिवादी पक्राउ

  • असोज १२, २०८३
  • ४१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना तथा संगठित अपराधसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–५, झिइरा टोल बस्ने करिब ४० वर्षीय बद्री भन्ने अजय पासवान रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा २०८३ असोज ११ गते साँझ करिब ७ः२० बजे सिरहा नगरपालिका–६ स्थित कमला खोलाको आसपासबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका पासवानमाथि डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना तथा संगठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको छ। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना २०८२ मंसिर २ गते राति करिब १ बजे कल्याणपुर नगरपालिका–१२ चेल्हा टोलमा भएको थियो। उक्त राति भोला महतोका छोरा मुकेश कुमार सिंहको घरमा बद्री भन्ने अजय पासवानसहित करिब १२ जनाको समूह हातहतियारसहित प्रवेश गरेको आरोप छ। उक्त समूहले घरमा रहेका व्यक्तिहरूलाई हातहतियार देखाई नगद तथा जिन्सी सामान लुटपाट गरेको र कुल १७ लाख ३६ हजार ५०१ रुपैयाँ बराबरको धनमाल डाँका गरेको प्रहरीको विवरणमा उल्लेख छ।

लुटपाटपछि भाग्ने क्रममा सोही समूहका व्यक्तिहरूले वीरेन्द्र महतो र अनिल कुमार महतोलाई गोली हानी घाइते बनाएको प्रहरीको भनाइ छ। घटनापछि संलग्न व्यक्तिहरू फरार रहेका थिए। घटनामा संलग्नमध्ये बद्री भन्ने अजय पासवान लामो समयदेखि फरार रहेको अवस्थामा विशेष सूचनाका आधारमा प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेका पासवान उपर डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट अनुसन्धान कार्य सम्पन्न भइसकेको छ।

उक्त मुद्दा हाल सिरहा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤