Siraha Times
ताजा समाचार

रौतहटमा लालबकैया खोलामा हामफालेर युवा बेपत्ता, खोजी कार्य जारी

  • असोज १०, २०८३
  • १४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, रौतहट, असोज, १० । बारा जिल्ला सिम्रौनगढ नगरपालिका-११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट खोलामा हामफालेर बेपत्ता भएका छन् । प्रहरी नायब उपरीक्षक गौतमका अनुसार मानसिक समस्याबाट पीडित यादव उपचारका लागि गरुडातर्फ गइरहेको अवस्थामा मोटरसाइकलबाट ओर्लेर लालबकैया पुलबाट दिउँसो १ बजे खोलामा हामफाली बेपत्ता भएका हुन् । सो घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको तर्फबाट खोजी कार्य जारी रहेको छ । गोताखोरसहित सशस्त्र प्रहरी बलको टोलीसमेत बेपत्ता युवाको उद्धार तथा खोज कार्यमा संलग्न भए पनि लालबकैया खोलामा पानीको बहाव बढेकाले उद्धारमा संलग्न टोलीलाई कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुर रौतहटबाट करिब तीन किलोमिटर पूर्वमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

बरियारपट्टी–५ को आधा ...

रहमुल, लहान १० असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–५ हरिपुर–जिझौलस्थित श्री आधारभूत वि ...

लहान–४ चम्पापुरमा वि ...

रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–४ चम्पापुरस्थित श्री मधेश शहीद विजय सहनी आधारभूत ...

आठ वर्षदेखि अल्झिएको ...

रहमुल, लहान, १० असोज । सिरहाको लहान नगरपालिका–२४ झुटकीमा तीन पुस्तादेखि मोहीका रूपमा जग्गा भोग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤