Siraha Times
ताजा समाचार

सवारी धनी बर्तौला विदेशमा रहे पनि अधिकृत महतोले रकमको बलमा गरे सनाखत नामसारी

  • भदौ २४, २०८३
  • ७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले गरेका सनाखत नामसारीका कालाकर्तुतहरु बाहिर छताछुल्ल भएको छ ।

Messenger_creation_41C519F5-9B2A-416C-B1BD-1AE64A02C452

वर्षौ देखि वीरगंज यातायातमा बसेर सनाखत नामसारी तथा अन्य भ्रष्टाचार कार्यहरु गर्दै करोडौं करोड कमाउन सफल व्यक्तिका रुपमा चिनिएका अधिकृत महतोलाई भ्रष्टाचार र राजस्व छलीको आरोपमा श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशमा कारवाही स्वरुप काजमा तानिए पनि उनी माननीय मन्त्री शारदा देवी थापा र नि. प्रदेश सचिव रंजित कुमार यादवलाई आर्थिक प्रभावमा पार्दै पुनः वीरगंज यातायातमा आएर सिंघम बनेका छन् ।

अधिकृत रामसुन्दर महतो र नि.प्रदेश सचिव रंजित कुमार यादव सर्लाही जिल्ला निवासी जिल्लावासी भएकोले महतोले सचिव यादव मार्फत माननीय मन्त्री थापालाई रिझाएको यातायात कार्यालय वीरगंजमा व्यापक चर्चा रहेको पाईएको छ । अधिकृत महतोले यातायात कार्यालय वीरगंजमा रहंदा हजारौं सनाखत नामसारी गरेको भए पनि प्रमाणको रुपमा यस अनलाईन सँग दर्जनौ सुरक्षित राखिएको छ ।

नारायणघाट, चितवन, हेटौंडा, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसनका साहुहरुले बिचौलिया मार्फत प्रति ब्लुबुक कम्तिमा दुई हजार र बढीमा पाँच हजार दिएर अधिकृत महतो सँग सनाखत नामसारी गराउने गरेको पाईएको छ । सनाखत नामसारीबाट करोडौं कमाएर मात्तिएका अधिकृत महतोले ब्लुबुकमा मात्र सही गर्ने गरेको र प्रायःको ढाडामा नचढाईएको एक बिचौलियाले बताए । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को ११.१.८ मा सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ ।

सवारी धनीले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुबै पक्षको रोहबरमा निम्न अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्नेछ । नियमावलीको अनुसुचि –१२ को ढांचामा निवेदन फारम भरी रु. १० को टिकट टांसी कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ ।

सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडि सवारी धनी कार्यालयमा उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा ल्याप्चे सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मोनासिव लागेको खण्डमा सम्बन्धित फाँंटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरि दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र नामसारी गर्न सकिने व्यवस्था रहेको छ ।

भ्रष्ट प्रवृतिका अधिकृत महतोले सवारी धनी, खरिदकर्ता र सवारी अनुपस्थित रहेको अवस्थामा ना ३१ प ४८५९ नम्बरको मोटरसाईकललाई २०८२/३/३२ गतेका दिन सनाखत नामसारी गरेको पाईएको छ । चितवन जिल्ला चैनपुर–७ निवासी देवेन्द्र बर्तौलाको नाममा दर्ता रहेको ना ३१ प ४८५९ नम्बरको मोटरसाईकल नवलपरासी जिल्ला बुलिङटार–९ निवासी जगत बहादुर थापाको नाममा सनाखत नामसारी भए पनि हालसम्म ढाडामा उल्लेख नरहेको ढाडाबाट पुष्टि भएको छ ।

ना ३१ प ४८५९ नम्बरको सवारी मोटरसाईकल २०८२/३/३२ गतेका दिन सनाखत नामसारी हुँदा त्यसको करिब २ महिना अगाडि सवारी धनी देवेन्द्र बर्तौला विदेश गएको र हालसम्म बर्तौला बिदेशमा नै रहेको समाचार स्रोतले जनाएको छ । वर्षौ देखि वीरगंज यातायात कार्यालयमा रहेर अकुत सम्पत्ति कमाएका भ्रष्ट प्रवृतिका रामसुन्दर महतो माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सनाखत नामसारी, राजस्व छली लगायत सम्पत्ति शुद्धिकरणमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाएको भए पनि तीब्र गतिले कारवाही प्रक्रिया अगाडि नबढाउँदा सचेत नागरिकहरु आश्चर्य चकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१