Siraha Times
ताजा समाचार

पर्षामा हातहतियार सहित सन्तोष दास तत्मा पक्राउ

  • भदौ १८, २०७६
  • १२९० पटक पढिएको
  • सिराहा टाइम्स
alt

पर्षा भदौ १८ । जिल्ला पर्सा बीरगंज रामगढवा घरभई कर्तव्य ज्यान मुद्दामा बिरगंज कारागारमा कैद सजाय भुक्तान गरी छुटेका फुल हसन अंसारीको समुहले बीरगंजका सर्वसाधारण जनता, उद्योगी व्यपारीहरु तथा कारागार कार्यालयमा रहेका चौकीदार शेष भोला समेतलाई फोन धम्की दिई रकम माग्ने गरेको र बीरगंज नगरमा विभिन्न मिति तथा स्थानहरुमा बिस्फोटक पदार्थ (पटाका) पड्काई जनमानसमा भयत्रासको बातावरण सिर्जना गरेकोमा पुनः बीरगंजका स्थानीय जनमानसमा भयत्रास फैलाउन उद्देश्यले सोही अपराधिक समुहका केही व्यक्तिहरु हातहतियार गोली गठ्ठा सहित बीरगंजमा प्रवेश गर्दै छन् भन्ने प्राप्त सुचनाको आधारमा यस कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला पर्सा बीरगज महानगर पालिका वडा नं.१३ राधेमाई स्थित चोकमा चेकप्वाईन्ट खडा गरी शंकित व्यक्तीहरुलाई चेकजाँच गर्ने क्रममा राती १०:१० बजेको समयमा पश्चिमबाट पुर्वतर्फ शंकित अवस्थामा पैदल आउंदै गरेको व्यक्तिले प्रहरीलाई हतियार देखाई ताक्दै भाग्दा नियन्त्रणमा लिनको लागी प्रहरीले गरेको कारवाहीको क्रममा गोली प्रहार गर्दा जिल्ला पर्सा बीरगंज महानगर पालिका वडा नं.१६ ईनर्वा बस्ने जगा दास तत्माको छोरा बर्ष २६ को सत्यराज योगीको उपनामले चिनिने सन्तोष दास तत्मालाई दाहिने घुडामा गोली लाग्न गई घाईते भएकोमा तत्कालै उपचारको लागि नारायणी अस्पताल पठाईएको र कारवाहीको क्रममा निजले आफ्नो साथमा बोकेको  म्याग्जीन सहितको टाईप ५४ मोडेलको जस्तो देखिने पेस्तोल थान १  सो मा प्रयोग हुने गोली राउण्ड १७  सेतो प्लाष्टिकमा रहेको खैरो रंगको धुलो जस्तो पदार्थ १७० ग्राम  हातहतियार तथा गोलीगठ्ठा समेतका सामानहरु बरामद गरी घटनास्थल मुचुल्का समेतको कार्य सम्पन्न गरी यस कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको।
साथै निज सन्तोष दास तत्मा यस भन्दा अगाडी २०६५ मा हातहतियार मुद्दामा तत्काल पुर्पक्षको लागी जेल चलान भएको तथा २०६७ मा पशुपती रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली प्रहार गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा ८ बर्ष ५ महिना १० दिन कैद संजाय भुक्तान गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको । 

प्रतिक्रिया दिनुहोस

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१