Siraha Times
ताजा समाचार

नेपाली कम्युनिस्ट पार्टी रौतहटको संयुक्त बैठक गरुडामा सम्पन्न

  • साउन २४, २०८३
  • २६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, रौतहट, सावन, २४  रौतहट । नेपाली कम्युनिस्ट पार्टी रौतहटको पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको संयुक्त बैठक गरुडामा सम्पन्न भएको छ। बैठकमा पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक योजना, संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।

आगामी दिनमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउँदै संगठन विस्तार तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा बैठकमा छलफल भएको थियो। बैठकमा प्रमुख अतिथि पार्टीकी केन्द्रीय सदस्य एवं नेतृ सरला यादव रहनुभएको थियो। बैठकमा जिल्ला अध्यक्ष रामानन्द महतो, केन्द्रीय सदस्य वहिद अंसारी, पूर्व माननीय देवेन्द्र पटेल, वृन्दावन नगरपालिकाका नगर प्रमुख एवं केन्द्रीय सदस्य विनोद प्रसाद कुर्मी, गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादव तथा गढीमाई नगरपालिका–१ का वडाध्यक्ष राम पुकार यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

बैठकमा सहभागी नेताहरूले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा, संगठन विस्तार तथा जनमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए। नेताहरूले पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउँदै जनताका समस्या तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका थिए। बैठकले आगामी दिनमा संगठन विस्तारलाई तीव्रता दिने, पार्टीका गतिविधिलाई जनस्तरसम्म पुर्‍याउने तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली कम्युनिस्ट पार्टीलाई रौतहटमा थप सशक्त र प्रभावकारी रूपमा अघि बढाउने निष्कर्ष निकालेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

मल अभावले किसान आक्र ...

रहमुल,लहान, २४ साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ मिर्जापुर चौकमा मलखाद वितरणको विषय ...

बालविवाहको जोखिममा र ...

गोलबजार, सिरहा, २४ साउन । मुक्ति नेपालको आयोजनामा गोलबजार नगरपालिका–१३ को वडा कार्यालयमा बालवि ...

ग्रामीण विकास केन्द् ...

रामअधार यादव रौतहट श्रावण २४ । ग्रामीण विकास केन्द्र नेपाल, लौकाहा–४, परोहा नगरपालिकाको २४औँ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१