ताजा समाचार

लहानमा गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज वितरण, स्वास्थ्य सेवामा पहुँच बढ्दै

  • असार ६, २०८३
  • ५३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, ६ असार । सिरहाको लहान नगरपालिका वडा नं. १३ र १४ का गर्भवती तथा सुत्केरी महिलाहरूलाई नगरपालिकाको तर्फबाट पोषण प्याकेज वितरण गरिएको छ। नगर प्रमुख महेश चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत दुर्गा प्रसाद भुर्तेल ले संयुक्त रूपमा उक्त सामग्री वितरण गरेका हुन्। लहान नगरपालिकाले सञ्चालन गर्दै आएको यो कार्यक्रम नगरको महत्वपूर्ण तथा जनप्रिय सामाजिक सुरक्षा तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ। वितरण गरिएको पोषण प्याकेजमा चामल, दाल, नुन, तेल, चना, मटर लगायत दैनिक पोषणका लागि आवश्यक खाद्यान्न सामग्री समावेश गरिएको छ।

नगर प्रमुख महेश चौधरी निर्वाचित भएपछि सुरु गरिएको यस कार्यक्रमले गर्भवती तथा सुत्केरी महिलाहरूलाई नियमित रूपमा स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउन प्रोत्साहित गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। उनीहरूका अनुसार पोषण प्याकेज प्राप्त गर्न महिलाहरू स्वास्थ्य संस्थामा नियमित सम्पर्कमा रहने भएकाले गर्भावस्थाको निगरानी, आवश्यक परामर्श तथा खोप सेवामा पहुँच सहज बनेको छ।

स्वास्थ्यकर्मीहरूले नियमित स्वास्थ्य परीक्षण र पोषणयुक्त आहारको उपलब्धताले नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्थामा सकारात्मक सुधार आएको बताएका छन्। विशेषगरी कुपोषण न्यूनीकरण, सुरक्षित मातृत्व प्रवर्द्धन तथा शिशुको समुचित विकासमा कार्यक्रम प्रभावकारी देखिएको उनीहरूको भनाइ छ। यसअघि धेरै महिलाहरू गर्भावस्था तथा सुत्केरी अवस्थामासमेत नियमित स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्दैनथे। तर पोषण प्याकेज वितरण कार्यक्रमले उनीहरूको सहभागिता उल्लेखनीय रूपमा बढाएको छ। यससँगै खोप सेवा, आइरन चक्की सेवन, गर्भ परीक्षण तथा अन्य मातृ स्वास्थ्य सेवामा पहुँच पनि विस्तार भएको छ।

कार्यक्रमबाट विशेषगरी अतिविपन्न, दलित, गरिब तथा आर्थिक रूपमा कमजोर परिवारहरू लाभान्वित भएका छन्। स्थानीय बासिन्दाहरूले नगरपालिकाको यो पहलले दैनिक जीवनमा राहत पुर्‍याएको प्रतिक्रिया दिएका छन्। पोषण सामग्री वितरणले गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुरक्षासँगै परिवारको आर्थिक भारसमेत केही हदसम्म कम गरेको उनीहरूको भनाइ छ।

स्थानीयवासीहरूका अनुसार नगर प्रमुख महेश चौधरी नेतृत्वमा शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा तथा आवास जस्ता आधारभूत आवश्यकतासँग सम्बन्धित कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ। सीमित स्रोतसाधनका बाबजुद जनताका आवश्यकता र सुझावलाई आधार बनाएर विकास योजनाहरू अघि बढाइएको भन्दै नगरवासीहरूले प्रशंसा गरेका छन्।

देशकै ठूलो नगरपालिकामध्ये एक मानिने लहान नगरपालिकामा विशाल भूगोल, ठूलो जनसङ्ख्या, विपन्न समुदाय, दलित तथा सुकुम्बासी बस्तीहरूको व्यवस्थापन चुनौतीपूर्ण विषयका रूपमा रहेको छ। यद्यपि नगरपालिकाले सुकुम्बासी तथा आवासविहीन परिवारहरूको समस्या समाधानका लागि केवल हटाउने नीति अवलम्बन नगरी सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।

नगरपालिकाको पोषण प्याकेज वितरण कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण र सामाजिक सुरक्षाको क्षेत्रमा सकारात्मक प्रभाव पार्दै स्थानीय सरकारप्रतिको नागरिक विश्वास थप मजबुत बनाएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤