Siraha Times
ताजा समाचार

८ वर्षदेखि अलपत्र सडक निर्माणले स्थानीय हैरान, राजविराज–१ चनौरा रामपुर टोल क्षेत्रमा पुनः आन्दोलन

  • वैशाख २६, २०८३
  • ४२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव राजविराज, वैशाख २६ । राजविराज नगरपालिका वडा नं. १ अन्तर्गत चनौरा रामपुर ढोल क्षेत्रमा निर्माणाधीन सडक लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासीहरू निरन्तर सास्ती खेप्न बाध्य भएका छन्। उक्त सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले विगत ८ वर्षदेखि काम गर्दै आए पनि सडक निर्माण कार्य अझैसम्म सम्पन्न हुन नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

स्थानीयका अनुसार निर्माण कम्पनीको ढिलासुस्तीका कारण वर्षौंदेखि सडक अस्तव्यस्त अवस्थामा रहेको छ। वर्षायाममा सडक हिलाम्मे हुने र सुख्खा मौसममा अत्यधिक धुलो उड्ने समस्याले सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ। सडकको दयनीय अवस्थाका कारण आवतजावतमा कठिनाइ हुनुका साथै स्वास्थ्यमा समेत प्रत्यक्ष असर परेको स्थानीयवासीहरूको गुनासो छ।

सडक निर्माण कार्य शीघ्र सम्पन्न गरिदिन माग गर्दै स्थानीयहरूले पटक–पटक सम्बन्धित निकाय तथा ठेकेदार कम्पनीलाई ध्यानाकर्षण गराउँदै आएका छन्। यसअघि पनि स्थानीयहरूले सडक बन्द गर्ने, घेराउ गर्ने लगायतका विरोध कार्यक्रम सञ्चालन गरेका थिए। तर सम्बन्धित पक्षबाट प्रभावकारी पहल नभएको भन्दै उनीहरूले पुनः आन्दोलनलाई तीव्र बनाएका छन्। हालै स्थानीयवासीहरूले सडक घेराउ गर्नुका साथै निर्माण कम्पनीका सवारी साधनसमेत रोक्का गरेका छन्।

त्यसपछि ठेकेदार कम्पनीले Ishwarat Prabin सँग सम्पर्क गरी घटनास्थलमा बोलाएको जनाएको छ। घटनास्थलमा स्थानीयवासी, निर्माण कम्पनी तथा नगरपालिकाबीच छलफल जारी रहेको छ। छलफलका क्रममा कार्यवाहक मेयर प्रविनले मिति २०८३ साल १ महिना २८ गते जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित पक्षबीच बैठक बसी आवश्यक निर्णय गरिने र त्यसपश्चात सडक निर्माण कार्य अगाडि बढाइने जानकारी दिएका छन्।

स्थानीयवासीहरूले अब थप ढिलाइ नगरी सडक निर्माण कार्य तत्काल अघि बढाउन तथा जनताको समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले लामो समयदेखि अधुरो रहेको सडक निर्माण कार्य छिटो सम्पन्न नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस

अपाङ्गता भएका महिला ...

ओम प्रकाश यादव लहान, असार १०। मधेश प्रदेशको पर्सा जिल्लामा अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिका ...

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१