ताजा समाचार

भगवानपुरमा मुद्दा घट्यो ८५%: सुशासनको संकेत कि अन्य पालिकाका लागि चेतावनी?

  • वैशाख २२, २०८३
  • ६५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २२ वैशाख । सिरहाको भगवानपुर गाउँपालिकामा पछिल्लो समय मुद्दा मामिलामा उल्लेखनीय कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ। प्राप्त विवरणअनुसार यहाँ करिब ८५ प्रतिशतले मुद्दा घटेको देखिएको छ, जसले जिल्लाभित्रै यो पालिकालाई पहिलो स्थानमा उभ्याएको छ।

स्थानीय सरोकारवालाहरूका अनुसार यो उपलब्धि जनप्रतिनिधिहरूको सक्रियता, स्थानीय विवाद समाधानमा देखिएको चासो र समन्वयात्मक कार्यशैलीको परिणाम हो। समुदायस्तरमै समस्या समाधान गर्ने अभ्यासले अदालतसम्म पुग्ने विवादको संख्या घटेको बताइन्छ।

तर, भगवानपुरको यो उपलब्धिले सिरहाका अन्य १७ स्थानीय तहतर्फ पनि प्रश्न उठाएको छ। धेरै पालिकाहरूमा अझै पनि विकासको दायरा भौतिक संरचना जस्तै सडक, भवन निर्माण मै सीमित रहेको आम नागरिकको गुनासो छ। सामाजिक, आर्थिक र संस्थागत विकासका पक्षहरू अपेक्षाकृत कमजोर रहेको बताइन्छ। नेपालको संविधानले स्थानीय सरकारलाई नागरिकको सर्वाङ्गीण विकासको जिम्मेवारी दिएको भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिन्छ। वडास्तरदेखि नै सेवा प्रवाह चुस्त बनाउने लक्ष्य भए पनि धेरै ठाउँमा शाखाहरू निष्क्रियजस्तै रहेको आरोप लाग्दै आएको छ।

कतिपय स्थानीयवासीका अनुसार विकासको नाममा माटो, ग्राभेल, बालुवा, इँटा, ढुंगा र सिमेन्टजस्ता निर्माण सामग्रीमा केन्द्रित गतिविधि बढेको छ, जसले समग्र विकासको अवधारणालाई कमजोर बनाएको छ। यसैबीच, कर्मचारीतन्त्र भित्र पनि काम गर्ने र नगर्ने बीच असन्तुलन देखिएको गुनासो छ। कतिपय कर्मचारी निष्क्रिय रहँदा सक्रिय कर्मचारीको सीप उपयोग हुन नसकेको बताइन्छ।

पालिकाका प्रमुखहरू सबै शाखामा अत्यधिक हस्तक्षेप गर्ने प्रवृत्तिले संस्थागत कामकाज प्रभावित भएको चर्चा पनि बढ्दो छ। यसले सेवा प्रवाहमा ढिलाइ र प्रभावकारितामा कमी ल्याएको नागरिकहरूको अनुभव छ। विज्ञहरू भने स्थानीय सरकारले पाएको अधिकारको सही प्रयोग गर्न सके नागरिकले प्रत्यक्ष रूपमा लोकतन्त्रको अनुभूति गर्ने बताउँछन्। उनीहरूका अनुसार गाँस, बास र कपास जस्ता आधारभूत आवश्यकतामा केन्द्रित भएर सबै शाखाहरू सक्रिय बनाउनु आजको आवश्यकता हो बताइरहेका छन।

भगवानपुर गाउँपालिकाको सफलता उदाहरणीय बनेको छ। तर यसले अन्य पालिकाहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। के विकास केवल संरचना निर्माणमै सीमित रहने हो, कि नागरिकको जीवनस्तर सुधार्ने समग्र प्रयासतर्फ उन्मुख हुने? आम चर्चाको विषय बन्न जरुरी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤