ताजा समाचार

लहान–२० मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, स्वयंसेविकालाई साइकल वितरण

  • वैशाख १७, २०८३
  • ६११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख १७ । सिरहाको लहान नगरपालिका–२० मा नवनिर्मित वडा कार्यालय भवन औपचारिक रूपमा सम्पन्न भएको छ। नगर प्रमुख महेश चौधरी र वडा नं. २० का वडा अध्यक्ष गणेश चौधरी ले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको हो।

स्थानीय सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने उद्देश्यले निर्माण गरिएको उक्त वडा कार्यालय भवन करिब ४२ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो। आधुनिक संरचनासहित निर्माण गरिएको भवनबाट अब वडावासीले एकै स्थानबाट सहज रूपमा विभिन्न प्रशासनिक सेवा प्राप्त गर्न सक्नेछन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर महेश चौधरीले स्थानीय तहको सेवा पहुँचलाई थप सुदृढ बनाउन नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नयाँ वडा कार्यालय भवनले सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

त्यसै अवसरमा वडा नं. २० अन्तर्गतका साविक ९ वटै वडाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई वडा कार्यालयमार्फत साइकल वितरण गरिएको छ। स्वयंसेविकाहरूको गाउँ–गाउँमा पुगेर स्वास्थ्य सेवा, जनचेतना र परामर्श प्रवाह गर्ने कार्यलाई थप सहज, प्रभावकारी र तीव्र बनाउन साइकल प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष गणेश चौधरीले स्वयंसेविकाहरू समुदायको स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको कामलाई थप सहज बनाउन साइकल वितरण गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर वडाको समग्र विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवनिर्मित वडा कार्यालय भवन र स्वयंसेविकालाई साइकल वितरणले स्थानीय सेवा प्रवाह तथा सामुदायिक स्वास्थ्य सेवामा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤