Siraha Times
ताजा समाचार

कृषि ज्ञान केन्द्र कि ‘बजेट ट्रान्सफर केन्द्र’ ? किसानको सपनामाथि प्रहार

  • वैशाख १७, २०८३
  • ४०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अभिमन्यु पटेल रौतहट, १७ वैशाख । रौतहटको कृषि क्षेत्र फेरि एकपटक गम्भीर विवादमा तानिएको छ। कृषि ज्ञान केन्द्र, गौरका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीमाथि करिब १६ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गर्ने तयारी गरेको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमा तीव्र प्रतिक्रिया देखिएको छ। जनताको पसिनाबाट उठेको करको रकम, जसले खेतसम्म पुग्ने कृषि सडक, साना तर प्रभावकारी योजना (५ देखि १५ लाख रुपैयाँसम्मका) मार्फत किसानलाई प्रत्यक्ष लाभ दिनुपर्ने थियो, त्यही बजेट अन्तिम घडीमा अन्यत्र मोड्ने खेल भइरहेको बताइएको छ।

योजनाको प्राथमिकता नै उल्ट्याउँदै, ‘कोटेशनको खोल ओढेका’ कार्यक्रमहरू धमाधम अघि बढाइनु झन् शंकास्पद देखिएको स्थानीयहरूको भनाइ छ। अझ गम्भीर पक्ष भनेको, ‘बजेट अभाव’ र ‘सरकारी रकम नआएको’ जस्ता बहानालाई ढाल बनाएर जनतालाई अलमल्याउने प्रयास भइरहेको आरोप हो। यसले प्रशासनिक पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ। विकासका नाममा देखाइएका आशा र प्रतिबद्धता अन्तिम चरणमा आएर कागजमै सीमित हुने संकेत देखिन थालेपछि स्थानीयवासीमा आक्रोश र निराशा दुवै चुलिएको छ।

कृषि क्षेत्रमा रूपान्तरणको सपना बोकेका रौतहटका किसानहरू अहिले उल्टै अन्योल र संशयको भूमरीमा फसेका छन्। किसानमैत्री नीति र कार्यक्रम ल्याउने अपेक्षा गरिएको निकायबाटै यस्ता गतिविधि भएको आरोप लाग्दा विश्वासको संकट झन् गहिरिएको छ। कार्यालय प्रमुख कुर्मीको कार्यशैलीप्रति बढ्दो असन्तुष्टिले केवल एक व्यक्तिमाथि होइन, सम्पूर्ण प्रणालीमाथि नै प्रश्न उठाएको छ। स्थानीय अगुवाहरूले यथाशीघ्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कारबाही गर्न र वास्तविक किसानमुखी योजना कार्यान्वयनमा ल्याउन माग गरेका छन्।

यदि यस्ता गतिविधि समयमै नियन्त्रण गरिएनन् भने, रौतहटको कृषि विकास केवल भाषण, घोषणा र कागजी योजनामै सीमित रहने खतरा बढ्दै गएको सरोकारवालाहरूको चेतावनी छ। अब मुख्य प्रश्न उठेको छ, जवाफदेहिता कसले लिने? जनताको भरोसा कसले जोगाउने ? सम्बन्धित निकायको ध्यान तत्काल नजाने हो भने, किसानको भविष्य र कृषि क्षेत्रको विकास दुवै गम्भीर संकटमा पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१